गुगलले लियो मानिसको ज्यान

८ असोज, एजेन्सी ।
अमेरिकाको एक परिवारले गुगलले ज्यान लिएको आरोप लगाएको छ । अमेरिका निवासी फिलिप प्याक्सनको परिवारले उनको मृत्युका लागि गुगललाई जिम्मेवार ठह¥याएको छ । गुगल म्याप्सले नौ वर्षअघि नै भत्केको पुलमा गाडी चलाउन भनेको परिवारको आरोप छ । गुगलले नक्सा अपडेट नगरेको र सोही लापरबाहीका कारण फिलिपले ज्यान गुमाएको परिवारको दाबी छ ।

पीडित परिवारले गुगलविरुद्ध मुद्दा हालेको छ । बीबीसीका अनुसार सन् २०२२ मा उत्तरी क्यारोलिनाको हिकोरीमा भत्किएको पुलमा गाडी चलाउँदा खसेर नदीमा डुबी फिलिपको मृत्यु भएको थियो । गुगलका प्रवक्ताले कम्पनीले पीडित परिवारको आरोपको अनुसन्धान गरिरहेको बताएका छन् । यस विषयमा सेप्टेम्बर १९ मा वेक काउन्टी सिभिल अदालतमा मुद्दा दायर गरिएको छ ।

फिलिपका दुई छोरी छन् । छोरीको ९औं जन्मदिनको पार्टीका लागि साथीको घरबाट कार लिएर गएको र त्यस क्षेत्रसँग परिचित नभएकाले गुगल म्याप्सको सहारा लिएको परिवारको भनाइ छ । पीडित परिवारका वकिलका अनुसार दुर्भाग्यवश अँध्यारो र वर्षामा सावधानीपूर्वक गाडी चलाउँदा गुगल म्याप्सको पुरानो निर्देशन पालना गर्दै नक्साबमोजिम पुरानो पुलमा गाडी हालेपछि तल खसेको थियो ।

Advertisement

वकिलका अनुसार उक्त पुल सन् २०१३ मै भाँचिएको थियो । त्यसपछि स्थानीयले अनलाइन नक्सा परिवर्तनका लागि गुगलमा पटकपटक सम्पर्क गरेका थिए, तर गुगगले वास्ता नगरेको बताइएको छ । यस बारेमा गुगलका प्रवक्ताले समाचार एजेन्सी एपी न्यूजलाई भनेका छन् ‘प्याक्सन परिवारप्रति हाम्रो गहिरो समवेदना।

हाम्रो उद्देश्य नक्सामा सही जानकारी प्रदान गर्नु हो र हामी यस विषयमा समीक्षा गरिरहेका छौं।’ प्रविधि मैत्री राष्ट्रहरुमा गुगल म्यापस्को प्रयोग बढ्दो छ। २०२३ को पछिल्लो तथ्याङ्क अनुशार एक महिनामा विश्वभर एक अर्ब भन्दा बढी मानिसहरूले गुगल म्यापस्को प्रयोग गर्ने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top