कपास खेतीमा कमाल गर्दै ब्राजिल

कपास खेतीमा कमाल गर्दै ब्राजिल

८ असोज,एजेन्सी ।

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको राष्ट्र ब्राजिल संयुक्त राज्य अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा रहेको छ । पछिल्लो पटक यो कुरा निश्चित भएको ब्राजिलका एक कपास उद्योगीले बताएका छन् ।

अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा परेको र ब्राजिलले कपास उत्पादनमा अमेरिकालाई पछ्याइरहेकोले ब्राजिल छिट्टै कपास उत्पादन र निर्यातका लागि पहिलो स्थानमा आउन लागेको उनले बताएका छन् ।

ब्राजिलियाली कपास उत्पादक सङ्घका उपाध्यक्ष गुस्ताभो भिगानोका अनुशार यदि अमेरिकी कपास बाली अहिलेकै अवस्थामा बिग्रँदै गयो भने ब्राजिलले अमेरिकालाई सजिलै उछिन्न सक्छ। उनले भनेका छन्, ‘आधारभूत तथ्याङ्कमा दुई देश पहिलेदेखि नै समान छन्।

यो मौसममा ब्राजिल विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्ने अनुमान गर्न सकिन्छ।’ संयुक्त राज्य अमेरिका र ब्राजिल विश्वको सबैभन्दा ठूला दुई कपास निर्यातकर्ता हुन्। यी मुलुकको कपास आपूर्तिले विश्वव्यापी मागको आधाभन्दा बढी मागलाई सम्बोधन गर्छ ।

अमेरिकाले सन् २०२३÷२४ को सिजनमा एक करोड २५ लाख भारी निर्यात गर्ने अपेक्षा गरिएको छ । यद्यपि, टेक्सासमा खडेरीका कारण यो आँकडा कम हुन सक्छ। फलस्वरूप, ब्राजिल, यस मौसममा ११.२५ मिलियन भारी कपास निर्यात पूर्वानुमानको साथ, विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्न सक्छ ।

भिगानोका अनुसार, हालैका वर्षहरूमा खडेरीका कारण अमेरिकी कपासको गुणस्तर ‘त्यति राम्रो भएको छैन’, जबकि ब्राजिलमा वर्षाको ढाँचाको कारण ‘धेरै राम्रो गुणस्तर’ छ । अमेरिकी कपास बाली रेकर्डमा यसको सबैभन्दा खराब स्तरको केवल एक तह माथि छ ।

अमेरिकी कपासको उत्पादनको लगभग ४० प्रतिशत सबै टेक्साससहित सुक्खाग्रस्त क्षेत्रहरूबाट आउने गर्छ । उक्त क्षेत्र यस वर्ष रेकर्डमा दोस्रो सबैभन्दा गर्मी क्षेत्र मापन गरिएको छ । ‘धेरै (ब्राजिलियाली) किसानहरू अर्को वर्षका लागि कपासको लागि रोपेको क्षेत्रफल बढाउन चाहन्छन्,’भिगानोले भनेका छन्,‘हामी थप निर्यात गर्नेछौँ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.