×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

बाबुरामले भने,प्रचण्डको चीन भ्रमण तीर्थाटनमात्रै

११ आश्विन २०८०

११ असोज,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना् चीन भ्रमण आशा गरेभन्दा बढी उपलब्धिमुलक रहेको दाबी गरिरहेका बेला लामो एकै पार्टीमा एक लक्ष्य र उद्धेश्य बोकेर समयसँगसँगै राजनीतिक गरेका पूर्वसहयोद्धा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने प्रधानमन्त्री ’प्रचण्ड’को चीन भ्रमण तीर्थयात्रामा सीमित भएको टिप्पणी गरेका छन् ।

बिहीबार बिहान ट्वीट गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण नेपालको दीर्घकालीन राष्ट्रिय हितमा हुनुपर्नेमा तीर्थयात्रामा सीमित भएको भन्दै आलोचना गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भने आफैँले अपेक्षा गरेभन्दा भ्रमण राम्रो भएको दाबी गरेपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हुने भट्टराईको दाबी छ ।

Advertisement
Advertisement

चीनको स्वशासित क्षेत्र ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्डले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो।

तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ।’ उक्त भनाईलाई लक्षित गर्दै डा. भट्टराईले भने, ‘नेपाल यतिवेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ ।

यस्तो बेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने!’ नेपालले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको भट्टराईले स्मरण गराए ।

उनले चीन विश्वकै महाशक्ति बन्ने दिशातिर गइरहेको बेला उसले अघि सारेको बीआरआइ र जीडिआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा भ्रमण केन्द्रित हुनुपर्ने बताए । ‘अहिले २१ औं शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको बेला हामीले उसंगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना÷अवसरको सदुपयोग गर्नुपर्ने हो ।

त्यसका निम्ति उसले अघि सारेको बीआरआई र जीडिआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रधानमन्त्रीको भ्रमण केन्द्रीत हुनुपर्थ्यो ।’ प्रधानमन्त्रीलाई ट्वीटरमा मेन्सन गर्दै डा. भट्टराईले भनेका छन्, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात÷पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो! तीर्थाटन त हुँदै गर्थ्यो ।

Advertisement

’ भारत र चीनको अर्थतन्त्रको मूल्य शृंखलासँग तालमेल मिलाएर अघि नबढी सम्भव नभएको उनले जिकिर गरेका छन् । डा. भट्टराईले भनेका छन्, ‘सबैले लेखेर राखौं, सयौं वर्षदेखि अविकास÷अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण (दुई अंकको आर्थिक वृद्धिदर, दुई दशक निरन्तर) को लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृंखलासंग तालमेल मिलाएर अघि नबढि सम्भवै छैन ! इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु।’

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top