एसियाडमा उत्तर कोरियाले धमका मच्चायो

११ असोज ८०, शुक्रबार

१२ असोज,एजेन्सी ।
एसियाडमा शुक्रबार बिहानसम्म ६ सय ७ पदकको छिनोफानो भइसकेको छ । चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा आयोजक चीनले मात्रै १६७ पदक जितेको छ । पछिल्लो पदक तालिकाअनुसार चीनले ९६ स्वर्ण ५६ रजत र २८ कास्य पदकसहित १८० वटा पदक हात पारेको छ । पदक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले २४ स्वर्ण, २४ रजत र ४१ वटा कास्य पदक जितेको छ ।

दक्षिण कोरियाले हालसम्म ८९ पदक जितेको छ। दक्षिण कोरियालाई पछ्याउँदै जापानले २१ स्वर्ण, ३२ रजत र ३३ वटा कास्य पदक जितेर कुल ८६ पदक पाएको छ । जापानले आफ्नो तेस्रो स्थान सुरक्षित गरेको छ । भारत चौथो स्थानमा आइपुगेको छ। उसले ८ स्वर्ण पदक हासिल गरेको भारतले ८ वटा रजत र १२ वटा कास्य पदक प्राप्त गरेर चौथो स्थानमा रहेको छ ।

यसअघि चौथो स्थानमा रहेको थाइल्यान्ड ८ स्वर्ण, ३ रजत र ९ कास्य गरि २० पदकसहित पदक तालिकामा पाचौं स्थानमा रहेको छ । उज्बेकिस्तानले ६ स्वर्ण, १० रजत र १५ कास्य गरि ३१ पदक हात पारेको छ । उज्बेकिस्तान सूचीको छ्र्रैटौ स्थानमा छ । हङकङ ५ स्वर्ण, १२ रजत र १५ कास्यसहित पदक तालिकामा सातौँ स्थानमा रहेको छ । हङकङले कुल ३२ पदक जितेको छ ।

दसौँ स्थानमा रहेको चाइनिज ताइपे माथि उक्लिएर आठौँ स्थानमा आइपुगेको छ । ५ स्वर्ण, ४ रजत र ९ कास्यका साथ चाइनिज ताइपे आठौँ स्थानमा आइपुगेको हो । दशौं स्थान भन्दा बाहिर रहेको इरान नवौँ स्थानमा आइपुगेको छ । यसअघि २ स्वर्ण, ३ रजत र ४ कास्यका साथ सिंगापुर नवौँ स्थानमा थियो । इरान ३ स्वर्ण १० रजत र १० कास्यसहित नवौँ स्थानमा छ ।

सूचीको दशौँ स्थानमा उत्तर कोरियाको दमदार इन्ट्री भएको छ । बुधवारसम्म स्वर्ण नजितेको उत्तर कोरिया शुक्रबार सम्ममा ३ स्वर्ण ५ रजत र ४ कास्य पदक हात पार्दै दशौँ स्थानमा आइपुगेको हो । उत्तर कोरियाले १२ पदक जितेको छ । यसपछि सूचीमा क्रमशः काजकिस्तानले ३ स्वर्ण, ३ रजत र १७ कास्य जितेको छ । इन्डोनेसियाले ३ स्वर्ण, ३ रजत र १० कास्य जितेको छ ।

सिंगापुरले २ स्वर्ण, ४ रजत र ४ कास्य हात पारेको छ । मलेसियाले २ स्वर्ण, ३ रजत र ६ कास्य जितेको छ । भेतनाम, संयुक्त अरब इमिरेट्स, मकाउ चाइना, कतार, कुवेत, ताजकिस्तान, किर्गिस्तानले एक–एक स्वर्ण पदक पाएका छन् । एसियाडमा नेपालको हात भने अझै खाली छ ।

पदकको आशा गरिएका बक्सिङ, तेक्वान्दोलगायतका अधिकांश खेलमा नेपाली खेलाडीहरु एकपछि अर्को गर्दै पराजित भएका छन् । एसियाली खेलकुदको इतिहासमा नेपालले सबैभन्दा बढी पदक जितेको खेल पनि तेक्वान्दो र बक्सिङ नै हुन् ।

नेपालले तेक्वान्दोमा एक रजत र १४ कांस्य तथा बक्सिङमा ६ वटा कांस्य पदक जितेको छ । १९ औँ खेलकुदमा कराँतेको स्पर्धा भने सुरु भएको छैन । तीन दिनसम्म चल्ने कराँतेको स्पर्धामा आगामी बिहीबार सुरु हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top