१२ असोज, विराटनगर ।
‘विश्व मुटु दिवस’ को अवसर पारेर गत शुक्रवार विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी हस्पिटल विराटनगरले सिटी क्लिनिकको सुरुवात गरेको छ । विराटनगरमै रहेर झन्डे ४ दशकदेखि औषधि फार्मेसी संचालन गर्दै आएको अटल फार्मेसीसँगको सहकार्यमा सिटी क्लिनिकको सेवा सुरु गरेको हो ।
कार्यालय समयमा आफ्नो र आफ्ना आफन्तको चेकजाँचका लागि समय निकाल्न चुनौती हुने सर्वसाधारण तथा पेशाकर्मीको सहजताका लागि क्लिनिकमा विहान र बेलुका ओपिडी सेवा उपलब्ध गराइने अस्पतालका अध्यक्ष डा. बिरेन्द्रकुमार बिष्टले बताए ।
सिटी क्लिनिकमा विहान साढे ८ देखि ११ बजेसम्म र बेलुका ५ बजेपछि सेवा उपलब्ध हुने न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी हस्पिटलका प्रबन्ध निर्देशक राजेश भट्टराई बताए । यो क्लिनिक अटल फार्मेसीको स्वामित्वमा रहेको जलजलारोडमा अवस्थित रहने उनले बताए ।
क्लिनिक न्यूरोमा सबै विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गर्ने उनले बताएका छन् । अटल फार्मैसीका प्रवन्ध निर्देशक सुरेशचन्द्र अटलले समेत स्वास्थ्य सेवाग्राहीहरुको अपेक्षालाई सम्बोधन गर्ने गरी न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी हस्पिटलको सहकार्यमा क्लिनिक संचालनमा ल्याएको बताएका छन् ।