×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

जितेको भारतभन्दा हारेको नेपालको धेरै छक्का

१६ आश्विन २०८०

१६ असोज, एजेन्सी ।
चीनको हाङ्झाउमा एसियन गेम्स अन्र्तगत नेपाल क्रिकेटको महाशक्ति भारतसँग २३ रनको साँघुरो अन्तरले पराजित भयो । बलियो प्रतिस्पर्धीविरुद्ध नेपाली टिमले सजिलै आत्मसमर्पण गरेन । यसको विपरित नेपालले भारतविरुद्ध आफ्नो पावर हिटिङ क्षमता प्रस्तुत गरेको छ । खेलमा पराजित भए पनि नेपाली ब्याट्सम्यानले भारतीय ब्याट्सम्यानभन्दा बढी छक्का प्रहार गरेका छन् ।

हाङ्झाउको रंगशालामा बाउन्ड्री औसतभन्दा सानो छ । यही मैदानमा नेपालले मंगोलियाविरुद्धको म्याचमा सर्वाधिक छक्काको विश्वकिर्तिमान राखेको थियो । फितलो बलिङमाथि नेपाली ब्याट्सम्यानले प्रभूत्व देखाएको टिप्पणी पनि भए । तर, सशक्त प्रतिद्वन्द्वी भारतका बलरहरुमाथि पनि नेपालले पावर हिटिङमा कुनै कसर छोडेन ।

Advertisement

आजको खेलमा भारतीय ब्याट्सम्यानले भन्दा नेपालका ब्याट्सम्यानले धेरै छक्का प्रहार गरेका छन् । भारतले १२ वटा छक्का हानेकोमा त्यसलाई उछिन्दै नेपालले १४ वटा छक्का हानेको हो । भारतका ओपनर यसस्वि जैसवाल एक्लैले ७ छक्का हानेका थिए भने रिंकु सिंहले ४ छक्का हाने । बाँकी एक छक्का शिवम दुवेको नाममा रह्यो ।

२३ बलको सामना गरेका भारतीय कप्तान तथा ओपनिङ ब्याट्सम्यान रुतुराज गाइक्वाडले एउटा पनि छक्का हान्न सकेनन् । तिलक बर्मा र जितेश शर्मा सस्तैमा आउट भएका थिए । यता नेपालबाट भने ७ जना ब्याट्सम्यानले कम्तिमा एउटा छक्का प्रहार गरे । सबैभन्दा बढी दीपेन्द्रसिंह ऐरीले ४ छक्का हाने । १४ औं ओभरमा उनले शिवम दुवेलाई लगातार तीन छक्का प्रहार गरेका थिए ।

त्यस ओभरमा उनले २१ रन बटुृल्दै नेपालको आशा जगाएका थिए । तर, अर्को ओभरमा फेरि छक्का हान्न प्रयास गर्दा उनी आउट भए । ओपनर कुशल भुर्तेलले र आसिफ शेखले १–१ छक्का हानेका थिए । नेपालका लागि छक्काको खाता आसिफले खोले । उनले आभेस खानलाई डिप कभरतर्फ हानेको छक्का उत्कृष्ट थियो ।

सर्वाधिक छिटो सतकका विश्वकिर्तिमानी कुशल मल्लले दुई छक्का प्रहार गरे । सर्वाधिक छिटो अर्धसतकका किर्तिमानी ऐरीले आफ्नो दोस्रो बलमा नै शिवम दुवेविरुद्ध छक्का हानेका थिए । यस्तै, युवा ब्याट्सम्यान सन्दीप जोरा पनि छक्का हान्न पछि परेनन् । उनले अर्सदीप सिंहमाथि एकै ओभरमा २ छक्का प्रहार गरेका उनले जम्मा ३ छक्का हाने ।

यस्तै, तल्लो क्रममा सोमपाल कामीले एक र करण केसीले दुई छक्का प्रहार गरे । अन्तिम ओभरमा नेपाललाई जितका लागि ३० रन चाहिएको थियो । यो असम्भवप्राय हो । क्रिजमा करण केसी थिए र हातमा एक विकेट मात्र थियो । केसी ५ बलसम्म लगातार बिट भए ।

Advertisement

ओभरको अन्तिम बलमा छक्का हानेपछि उनले केही राहत महसुस गरे । नेपालले मंगोलियाविरुद्धको म्याचमा २६ छक्का प्रहार गरेर टि–२०मा सर्वाधिक छक्काको विश्वकीर्तिमान बनाइसकेको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top