इरानी अधिकारकर्मी नरगेसलाई नोबेल शान्ति पुरस्कार

१९ असोज,एजेन्सी ।
विश्वभरकै प्रतिष्ठित यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले पाएकी छन्। नर्वेली नोबेल समितिले इरानकी नरगेस मोहम्मदीलाई वर्ष २०२३ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । समितिले शुक्रबार इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ ।

Advertisement

सन् १९७२ अप्रिल २१ मा जन्मिएकी इरानी मानवअधिकारवादी कार्यकर्ता मोहम्मदी ‘डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टर’ (डीएचआरसी)को उपाध्यक्ष हुन् । सन् २०१६ मा इरानको तेहरानस्थित एक अदालतले उनलाई १६ वर्ष कैद सजाय सुनाएको थियो । मृत्युदण्डको सजाय हटाइनु पर्ने माग गर्दै मानवअधिकार आन्दोलनलाई अगाडि बढाएपछि उनलाई उक्त कैद सजाय सुनाइएको थियो ।

Advertisement

सन् २०२२ को बीबीसीको विश्वका शक्तिशाली १०० महिलाको सूचीमा उनको नाम थियो । यसवर्ष उनलाई इरानमा महिला उत्पीडन र मानवअधिकार तथा स्वतन्त्रताको प्रवर्द्धन गर्न उनले गरेको संघर्षको लागि नर्वेली नोबेल समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो । ५१ वर्षीया नरगिस मोहम्मदी हाल इरानको जेलमा छिन् ।

सन् २०१९ मा इरानमा भएको हिंसात्मक प्रदर्शनका पीडितको सम्झनामा उपस्थित भएपछि अधिकारीहरूले मोहम्मदीलाई नोभेम्बरमा गिरफ्तार गरेका थिए। मोहम्मदी १३ पटक जेल परेकी छन् भने ५ पटक दोषी ठहर भएकी छन् ।

Advertisement

नरगिसलाई कुल ३१ वर्षको जेल सजाय सुनाइएको छ । उनी नोबेल शान्ति पुरस्कार जित्ने १९ औं महिला हुन् । मानवअधिकारकर्मी शिरिन इबादीले सन् २००३ मा नोबेल शान्ति पुरस्कार जितेपछि उनी १९ औं महिला र दोस्रो इरानी महिला हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top