×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

पश्चिमबाट बाहिरिन थाल्यो मनसुन,अब पर्यटकीय मौसम

२० आश्विन २०८०

२० असोज, काठमाण्डौ ।
नेपालबाट मनसुन बाहिरिन सुरु गरेको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको हो । नेपालका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ । यस विषयमा महाशाखाले नियमित अनुगमन गरिरहेको छ र थप जानकारी दिँदै जाने जनाइएको छ ।

नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति अक्टोबर २ तारिख नै थियो । तर यसपालि मनसुन बहिर्गमनमा केही ढिलाइ भएको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ । प्रवेश गर्दा पनि मनसुन पूर्वबाटै गर्छ । यस वर्ष मनसुन नेपाल भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो ।

Advertisement
Advertisement

मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ । यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ । पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ । मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ । तर धेरै हुँदैन । पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ । डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन् ।

पश्चिमबाट मनसुन बाहिरिदै गरे पनि आज नेपालका पूर्वी तथा मध्य क्षेत्रमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

Advertisement
Advertisement

यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top