गलत समाचार फैलाएपछी मस्क ईयुको निशानामा , हुन् सक्छ ठूलो जरिवाना

२४ असोज, एजेन्सी ।
इजरायल र हमासबीच भिडन्त जारी छ । योसँगै एक्सका मालिक एलोन मस्क पनि निशानामा परेका छन् । तर, उनी हमास वा इजरायलको नभई युरोपियन युनियनको निशानामा आएका छन् । जसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा नक्कली समाचार फैलाएकोमा मस्कको आलोचना गरेका छन्। ईयूका अनुसार एक्समा फेक न्यूजको प्रचार भइरहेको छ यसले विश्व दिग्भ्रमित भएको छ ।

Advertisement

ईयूले मस्कलाई २४ घण्टाभित्र युरोपोलसँग सम्पर्क गर्न भनेको छ । साथै उनीहरुले फेक न्युजको छानबिन नगरे जरिवाना तिर्नुपर्ने समेत चेतावनी दिएका छन् । एक्सले डिजिटल सेवा ऐन अन्तर्गत केही नयाँ नियमहरू लागू गरेको छ। यी नियमहरू पालना नगरेकोमा उसले राजस्वको ६ प्रतिशत जरिवाना तिर्नु पर्ने हुन् सक्छ वा एक्सलाई ईयूमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन सकिन्छ।

ईयुमा डिजिटल सेवा ऐनका आयुक्त थियरी ब्रेटनले एलोन मस्कलाई पत्र पठाएर एक्सबाट नक्कली सामग्री हटाउन आग्रह गरेका छन् । मस्कको आलोचना गर्दै ब्रेटनले पत्रमा लेखेका छन्, “इजरायल विरुद्ध हमासले गरेको आतंकवादी हमला पछि, हामीले तपाईंको प्लेटफर्म ईयूमा अवैध सामग्री र गलत जानकारी फैलाउन प्रयोग भइरहेको संकेतहरू प्राप्त गरेका छौं। म तपाईंलाई सम्झाउन चाहन्छु कि डिजिटल सेवा ऐनले धेरै सटीक दायित्वहरू सेट गर्दछ।

Advertisement

सर्वप्रथम, तपाइँ तपाइँको सर्तहरु अन्तर्गत कुन सामग्रीलाई अनुमति दिइएको छ भन्ने बारे धेरै पारदर्शी र स्पष्ट हुनुपर्दछ । हिंसात्मक र आतंकवादी सामग्री तपाईंको प्लेटफर्ममा प्रसारण भइरहेको छ। पत्रमा भिडियो गेमहरूबाट जन्मिएका असंबन्धित सशस्त्र द्वन्द्वका पुराना फोटोहरू वा सैन्य फुटेजहरू समेत एक्समा राखिएको उल्लेख छ ।

इजरायल र हमासबीचको भिडन्तमा अहिलेसम्म दुवै पक्षका २५०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । योसँगै ५ हजारभन्दा बढी घाइते भएका छन् । अहिलेसम्म ८७ हजार मानिस आक्रमण स्थलबाट आश्रय गृह र बंकरमा विस्थापित भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top