×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

कोशी कांग्रेस भित्र भाडभैलो, माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाइने

२५ आश्विन २०८०

२५ असोज, विराटनगर ।
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

कोशीको मुख्यमन्त्रीमा यसअघि कांग्रेसले पनि दाबी गरेको थियो । तर, मुख्यमन्त्रीको उम्मेदवारका विषयमा सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच विवाद भएको थियो । कांग्रेस आन्तरिक विवादमा फसेपछि सत्ता गठबन्धनको बैठकले कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बोलाई अघि बढाउने निर्णय गरेको हो । यससंगै कोशी काँग्रेसमा भाडभैलो सुरु भएको छ ।

Advertisement
Advertisement

आङ्बोलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सत्ता गठबन्धनको निर्णय काँग्रेस प्रदेशका केही सांसदहरुले अस्वीकार गर्ने घोषणा गरेका छन् । आङ्बोलाई मुख्यमन्त्री दिने निर्णयमा शेखर कोइराला समूहका ९ जना सांसदहरू असन्तुष्ट देखिएका हुन् ।

प्रदेशमा केदार कार्की, शमशेर राई, गोविन्द गिरी, लीला राई, रामकुमार खत्री, गयानन्द मण्डल, इन्दिरा थापा , मानबहादुर लिम्बू र सुनिता गुरुङले गठबन्धनको निर्णयको विपक्षमा उभिने तयारी गरेका हुन् । उनीहरु सबै शेखर कोइराला पक्षमा सांसद हुन् ।

यता बिदा हुनै लागेका मुख्यमन्त्री हिक्मत कार्कीले भने काँग्रेसले संस्थागत निर्णय गरेर आए छलफलका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए । तर सत्ता गठबन्धनले माओवादीलाई नै मुख्यमन्त्री दिने निर्णय गरेको हो । कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

धारा १६८ (५) अनुसार सरकार गठन हुँदा सांसदहरूलाई दलको ह्वीप लाग्दैन । प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० मा पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेशमा सरकार बनाउने अन्तिम विकल्प बमोजिम १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान भएको हो ।

काँग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वमा दाबी गरेका बेला गठबन्धनले माओवादी नेता आङ्बोलाई अघि सार्ने निर्णय गरेको हो । प्रदेशमा काँग्रेसका २९ सांसद छन् । शेखर कोइराला पक्षका ९ जना गठबन्धनको विपक्षमा उभिए र एमालेले गठबन्धन भाँड्न त्यो समूहलाई सघाउने कदम चाले सरकार बनाउन पुग्ने संख्या पुग्छ ।

एमालेसँग उपसभामुखसहित ४० सांसद छन् । सरकारको नेतृत्व दाबी गरिरहेको नेकपा माओवादी केन्द्रसँग १३ नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादीसँग एक जना सांसद् छन ्। हालसम्म तटस्थ देखिएको राप्रपासँग ६ जना सांसद छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top