इजरेलबाट राष्ट्रसंघ पनि आजित, बालबालिकामाथि बुल्डोजर

१५ कात्तिक ८०, बिहीबार

१६ कार्तिक,काठमाण्डौ ।
संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भर्त्सना गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्य जारी गर्दै भनेका छन्, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ ।”

Advertisement

यसैबीच, जोर्डनबाट प्राप्त समाचार अनुसार अक्टोबर ७ मा भएको आक्रमणको विरोधमा इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई ‘तत्काल’ फिर्ता बोलाउने बताएको छ ।

’जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गर्नुभएको छ,” विदेश मन्त्रालयले भनेको छ, “गाजामा निर्दोष मानिसको ज्यान लिने इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको हो ।”

Advertisement

यसअघि ल्याटिन अमेरिकी देश बोलिभियाले पनि इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै बोलिभियाले उक्त घोषणा गरेको बीबीसीले जनाएको छ । इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने बोलिभिया ल्याटिन अमेरिकाको पहिलो देश हो ।

उसले यसअघि गाजा क्षेत्रमा मानवीय सहायता पठाउने भन्दै संघर्षविराम गर्न अपिल गरेको थियो । यसअघि पनि बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । सम्बन्ध तोडेको करिब एक दशकपछि सन् २०१९ मा पुनः यी दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो ।

Advertisement

इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या आठहजार ७९७ पुगेको छ । अक्टोबर ७ यता इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । जसमध्ये तीनहजार ६४८ जना बालबालिका र दुईहजार २९० महिला रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली आक्रमणका कारण गाजाको अवस्था निरन्तर बिग्रिँदै गएको छ । उसले आक्रमणलाई थप सशक्त बनाइरहेको छ । इजरायलले गएको मंगलबारयता गाजा आक्रमणका क्रममा आफ्ना १५ सैनिकको ज्यान गएको बताएको छ ।

यसैबीच अक्टोबर ७ को आक्रमणपछि पहिलोपटक गाजातर्फको इजिप्टको सीमा नाका खोलिएको छ । पहिलो चरणमा कम्तीमा ३२० विदेशी पासपोर्ट होल्डर र घाइते भएका प्यालेस्टाइनी नागरिक इजिप्ट प्रवेश गरेको बीबीसीले जनाएको छ । गाजामा फोन र इन्टरनेट सेवा पूर्णरूपमा बन्द गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top