शाहरुख खान विश्वकै चौथो धनी अभिनेता / १३ अर्ब सम्पत्ति बढ्यो

१५ कात्तिक ८०, बिहीबार

१६ कार्तिक, एजेन्सी ।
बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुगेको हो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् ।

कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् । शाहरुख खानभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन् । जेरी टायलरको सम्पत्ति ८ हजार ३ सय २६ करोड रहेको छ भने जोन्सनको सम्पत्ति ६ हजार ८ सय २७ करोड रहेको छ । यो वर्ष शाहरुखका २ फिल्म आएका थिए, पठान र जवान ।

यी दुई फिल्मले २१ अर्ब ९६ करोड भारु कमाएका थिए । खानले सन् १९९२ मा दिवानाबाट बलिउड डेब्यू गरेका थिए । खानको बोल्ने शैली देखेर हेमा मालिनीले समेत एउटा फिल्ममा खानलाई रिजेक्ट गरेकी थिइन् । सन् २०१८ मा खानको जिरो फिल्म नराम्रोसँग फ्लप भयो । सो फिल्म फ्लप भएपछि खानले लामो समय फिल्मबाट ब्रेक लिए ।

केही फिल्ममा क्यामियो गरेपनि अभिनेताको रूपमा भने ४ वर्षपछि पठानबाट कमब्याक गरे । यो फिल्मले १० अर्ब १५ करोड भारु कमाएर बलिउडमा कयौँ रेकर्ड तोडिदियो । पठान भारतको इतिहासको दोस्रो ठूलो हिन्दी फिल्म बन्यो । यो यस वर्षको हाईएष्ट ग्रसिङ फिल्म हो । शाहरुख खान आज ५८ वर्षका भए ।

खान किंग अफ रोमान्स भनेर पनि चिनिन्छन् । तर यो वर्ष आएको उनको दुबै फिल्म एक्शन हो । खानको अपकमिङ फिल्म डंकी हो । यो कमेडी ड्रामा हो । डंकी पनि हिट भयो भने एउटै वर्ष ३ मेगा ब्लष्टर फिल्म दिने उनी एक्लो बलिउड स्टार हुनेछन् । एउटै वर्ष १० अर्ब रुपैयाँभन्दा धेरै कमाउने २ ओटा फिल्म दिने शाहरुख एक मात्रै बलिउड स्टार हुन् ।

बलिउड अभिनेता शाहरूख खानको जन्मदिनको अवसर पारेर फिल्म ’डंकी’ को टिजर सार्वजनिक गरिएको छ। बिहीबार रेड चिल्लीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता शाहरूखले आफ्ना भाइलाई लन्डन पठाउन गरेको संघर्षलाई देखाइएको छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ।

बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्। यो फिल्म क्रिसमसको अवसर पारेर प्रदर्शन हुनेछ। यतिबेला हलमा शाहरूखको फिल्म ’जवान’ प्रदर्शन भइरहेको छ। फिल्मले ५६ दिनमा भारतीय बक्स अफिसमा ६४२ करोड ५७ लाख भारू कमाएको छ। यो ६०० करोड क्लबमा सामेल हुने पहिलो हिन्दी फिल्म हो। फिल्मले विश्वभरबाट ११४६ करोड भारू कमाएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top