×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

नेपाली टिमलाई प्रधानमन्त्रीले बधाई दिएपछिको प्रश्नः ५ लाख खोई ?

१७ कार्तिक २०८०

१७ कार्तिक,काठमाण्डौ ।

नेपाल आईसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएपछि प्रधानमन्त्री मनत्री सहित शीर्ष दलका शीर्ष नेताहरुले नेपाली टिमलाई बधार्य दिएका छन् । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ । यो खुशी नेताहरुले सामाजिक संजालमार्फत साटेका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु भन्दै लेखेका छन् । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।

उनको यो शुभकामनामा अधिकांश सामाजिक संजाल प्रयोगकर्ताहरुले ५ लाख खोई भन्ने प्रश्न सोधेका छन् । सरकारले यसअघि नै खेलाडीहरुलाई एसिया कप खेल्नु अघि नै पुरस्कार रकम दिने बताएपनि अहिलेसम्म वितरण गर्न सकेको छैन् । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरन्तर कोसिसपछिको जित ! बधाई टीम नेपाल ! अबको यात्रा विश्वकप भन्दै बधाई दिएका छन् ।

सामाजिक संजालमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले टि २० विश्वकप क्रिकेट प्रतियोतिमा पुग्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई भन्दै आगामी प्रतियोगिताहरुमा समेत सफलताको कामना ! गरेका छन् । यस्तै एसिया क्षेत्र छनोटमा सफलता हासिल गरेकोमा सभामुख देवराज घिमिरेले बधाई तथा शुभकामना दिएका छन्।

उनले भनेका छन्, ‘ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेकोमा नेपाली टिमलाई बधाई।’ यसैगरी नेपाली काग्रेसका महामन्त्री गगन थापाले दश वर्ष पछि फर्किएको खुसी, हामी फेरि विश्वकपमा भन्दैनेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई तथा धन्यवाद! दिएका छन् ।

नेपाली टिम विश्वकपमा छनोट हुँदा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले पनि खुशी साँटेका छन् । उनले जय नेपाल भन्दै याहु, वे टु वल्र्डकप भन्दै राष्ट्रिय टिमको तस्विर शेयर गरेका छन् । बालेनले श्रीलंकामा एसिया कपमा नेपालको खेल हेरेपछि काठमाडौंमा स्टेडियम बनाउन महानगरले पहल गर्ने भन्दै आवश्यक जग्गा उपलब्ध गराउनलाई सरकारसँग माग गरेका थिए ।

तर एसिया कप सकिएको लामो समय भएपनि दुवै पक्षबाट आवश्यक पहल अघि बढेको छैन् । नेता र नेतृत्वका यी त प्रतिनिधि बधाई र शुभकामना हुन् । यस्ता शुभकामना धेरै नेता र नेतृत्वले ब्यक्त गरेका छन् । नेपाल १० वर्षपछि विश्वकप पुगेपछि हर कोही खुशी छ । समग्र खेल क्षेत्र उत्सव मनाइरहेको छ।

यो खुशीको क्षणमा आफ्ना अभिब्यक्ति ब्यक्त गर्नु सामान्य विषय हो । तर नेता र नेतृत्वले क्रिकेटको पूर्वाधारका लागि यतिलामो समयदेखि ध्यान नदिनु चाँही दुखको विषय हो । यसैले त स्थान अभाव र निर्माणकार्य सम्पन्न भईनसकेको मुलपानी क्रिकेट मैदानमा विना भीआइपी संचालन भएको खेलमा नेपालको हात पारेको ८ विकेटको जितले नेता र नेतृत्वको शुभकामनालाई गिज्जाईरहेको थियो ।

पूर्वाधार अभावलाई मध्यनजर गरेरै क्रिकेट संघले सार्वजनिक सूचना जारी गरेर ३५ सय भन्दा बढी टिकट नबेच्ने भन्दै घरमै बसेर क्रिकेट हेर्न अपिल गरेको थियो ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top