आज सुन–चाँदीको मूल्यमा वृद्धी , कतिमा हुँदैछ कारोबार ?

२४ कात्तिक ८०, शुक्रबार
Share this
770shares

२४ कात्तिक,काठमाडौं ।

Advertisement

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।बिहीबार प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top