×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

गजामा इजरायलको दैनिक ४ घण्टा युद्धविराम

२४ कार्तिक २०८०

२४ कार्तिक, एजेन्सी ।
अमेरिकी पहलमा इजरायलले गाजामा अस्थायी युद्धविराम गर्न सहमत भएकोे छ । युद्धविराम दैनिक चार घण्टामा सीमित हुनेछ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीका अनुसार यस्तो अस्थायी युद्धविरामको घोषणा तीन घण्टा अगावै गरिने छ । उनले भने, ’हामीलाई इजरायलले युद्धविरामको अवधिमा यी क्षेत्रमा कुनै पनि सैन्य गतिविधि नहुने बताएको छ ।

’ इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि अल्पकालीन संघर्षविरामको बेला कुनै पनि प्रकारको सैन्य गतिविधि हुनेछैन र यो प्रक्रिया आजैबाट सुरु हुने छ ।’

Advertisement
Advertisement

यसअघि इजरायली सेनाले भनेको थियो, अल्पकालीन अस्थायी विरामलाई संघर्ष विराम मान्नु गलत हुने छ । प्यालेस्टिनी विद्रोही समूह हमासले गत ७ अक्टुबरमा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्ध सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा इजरायललाई अमेरिकाले साथ दिएको छ ।

इजरायलको सैन्य कारबाहीमा बालबालिकासहित सर्वसाधारण प्यालेस्टिनी नागरिकको धेरै ज्यान गएपछि इजरायल र अमेरिका दुबैको आलोचना हुँदै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने एक महिना लामो युद्धपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध रोक्न दबाब दिँदै आएको बताएका छन् ।

उनले सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘मैले हप्तौंदेखि युद्ध विराम गर्नका लागि इजरायलका नेताहरुसँग कुरा गरिरहेको छु । यो युद्धविराम नागरिकहरुलाई लडाइबाट जोगाउन र सुरक्षित क्षेत्रमा लैजान मद्दत गर्ने छ । यो एक सही कदम हो ।’

हमासले ७ अक्टुबरमा इजरायलमा गरेको आक्रमणबाट १० नेपालीहरुसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै सुरु गरेको हवाई र स्थल आक्रमणबाट हालसम्म १० हजार ८०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । मारिनेहरुमा धेरै बालबालिकाहरु पनि परेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top