×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

क्रिकेटका भगवान ! सचिन भन्दा अघि बढे विराट

३० कार्तिक २०८०

३० कार्तिक, एजेन्सी ।
छिमेकी राष्ट्र भारतमा अहिले विश्व क्रिकेटको महाकुम्भ एकदिवसीय विश्वकप क्रिकेट जारी छ । जारी विश्वकपमा विभिन्न कीर्तिमान बनेका छन् । ती कीर्तिमानमध्ये बुधबार भारतीय पूर्वकप्तान विराट कोहलीले आफ्नो नाममा रहेको सर्वाधिक एक दिवशीय अन्तर्राष्ट्रिय शतकको कीर्तिमान तोडेको यसको सर्वत्र चर्चा भईरहेको छ ।

एकदिवशीय विश्वकपको सेमिफाइनलमा बुधवार न्युजिल्यान्डविरुद्ध कोहलीले शतक पुरा गर्दै सचिनको कीर्तिमान तोडेका थिए। उनले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० औँ शतक बनाए । यसअघि जारी विश्वकपमै उनले सचिनको कीर्तिमान बराबरी गरेका थिए ।

Advertisement
Advertisement

भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनको लक्ष्य दिएपछि इनिङ्स ब्रेकमा कमेन्टेटरलाई सचिनलाई लाइभमा ल्याएका थिए। त्यसमा उनले कोहलीलाई ड्रेसिङ रुममा कसरी प्राङ्क गरिएको थियो भन्ने उल्लेख गरे । ‘अरू खेलाडीले विराटलाई मेरो खुट्टा छुन बाध्य पारे, यो परम्परा हो भन्दै। उनीहरूले भनेका थिए— यसरी आशीर्वाद लिँदा तिम्रो करियर राम्रो हुन्छ ।

म निकै हाँसेको थिए’, सचिनले भनेका छन् । कोहलीले २ सय ९१ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा सचिनको कीर्तिमान तोडेका हुन् । जबकि सचिनले ४ सय ६३ खेलमा उक्त कीर्तिमान बनाएका थिए। सचिनले २४ वर्ष सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। कोहलीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको १५ वर्ष पूरा हुन लागेको छ।

कोहली एकपछि अर्को सचिनका कीर्तिमान तोडिरहेका छन्। विराटको यो विराट कीर्तिमानको भारतमा मात्रै होइन विश्वभरका क्रिकेट समर्थक र क्रिकेट स्टारहरुले विराटको मुक्तकंठले प्रशंसा गर्दै उनलाई बधाई दिइरहेका छन् ।

अझ विराटले सर्वाधिक एक दिवशीय अन्तर्राष्ट्रिय शतकको कीर्तिमान क्रिकेटका भगवानका रुपमा मानिने सचिन तेन्दुलकरले बनाएको कीर्तिमान तोडेर आफ्नो नाममा लेखाएपछि यसको चर्चा चुलिएको छ । विराटले अविश्वशनीय विश्व कीर्तिमान बनाएपछि तत्कालै सचिनले सामाजिक सञ्जालमा विराटलाई बधाई दिदै उनीसँगको पहिलो भेटको सम्झना गरेका छन् ।

उनले लेखेका छन्, ‘पहिलो पटक तिमीसँग भारतीय टोलीको ड्रेसिङ रुममा भेट हुँदा अन्य साथीहरूले प्राङ्क गरेर मेरो खुट्टा छुन लगाएका थिए । म त्यस दिन हाँस्नबाट आफूलाई रोक्न सकेको थिइन । तर तिमीले चाँडै आफ्नो इच्छाशक्ति र सीपका कारण मेरो मुटु छोयौ । मलाई निकै खुसी लागेको छ की त्यो युवा खेलाडी आज विराट खेलाडीका रूपमा विकास भएको छ’ ।

विराटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् । उनले विराटलाई मेन्सन गर्दै लेखेका छन्, आज, विराटले आफ्नो ५० औं ओडीआई शतक मात्र बनाएको छैन् उत्कृष्टता र लगनशीलताको भावनालाई पनि उदाहरण दिएको छ जसले उत्कृष्ट खेलकुदलाई परिभाषित गर्दछ।

Advertisement

यो उल्लेखनीय कोसेढुङ्गा उनको स्थायी समर्पण र असाधारण प्रतिभाको प्रमाण हो। उहाँलाई म हार्दिक बधाई ज्ञापन गर्दछु। उहाँ भावी पुस्ताका लागि मार्गदर्शक बनिरहनुहोस् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top