ज्ञानेन्द्र शाह झापामा, कसरी गर्दैछ राप्रपाले शक्ति प्रदर्शन ?

८ मंसिर ८०, शनिबार

९ मंसिर,काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भित्रभित्रै ‘हिन्दु राष्ट्र’ घोषणा गर्न सहमत भएको दाबी गरेका छन् । सामाजिक संजाल एक्समा आज लामो अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन ।

Advertisement

‘खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई–तिहाई बहुमत जुटाएर ‘हिन्दु राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेका छन्,’ उनले लेखेका छन्,‘कांग्रेसबाट प्रस्ताव आउनेछ । माओवादीले विरोध गरेजस्तो गर्नेछ या मौन रहने छ।’ नेकपा एमालेतिर लक्षित गर्दै मिश्रले आफूलाई ‘नामी अग्रगामी’ भन्नेहरूले पनि त्यसको विरोध नगर्ने उल्लेख गरेका छन् ।

प्रमुख दलहरू राजतन्त्रका पक्षमा रहेका आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डो¥याएर मध्यमार्गी सम्झौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल सम्भावना रहेको दाबी गरे। यद्यपी राजसंस्थाबीनाको हिन्दु राष्ट्र दीर्घकालीन हितमा नहुने मिश्रको धारणा छ ।

Advertisement

‘लेखेर राख्नुहोला ‘राजसंस्था’ अर्थात मियोबीनाको हिन्दु राष्ट्र हाम्रो धर्म, संस्कृति र सभ्यताका लागि मात्र होइन, समग्र नेपालको दिर्घकालीन हितका लागि पनि घातक हुनेछ,’ उनले लेखेका छन् । त्यसपछि राजसंस्थाको मुद्दा ओझेलमा पर्ने र नेपालको दीर्घकालीन शान्ति र स्थिरता असम्भव हुने मिश्रको दाबी छ ।

‘त्यसैले हिन्दु अधिराज्यमा सम्झौता नगर्नुहोला । हिन्दु राष्ट्र मात्र भन्दै नभन्नुहोला,’ उनले लेखेका छन्,‘हिन्दु राष्ट्र त हिन्दु गणतन्त्रमा पनि सम्भव छ ।’आफूले ‘हिन्दु गणतन्त्र’ चाहेको नभई राजसंस्था सहितको ‘हिन्दु अधिराज्य’ चाहेको मिश्रले उल्लेख गरेका छन् । यसैबीच राप्रपाले आज झापामा शक्ति प्रदर्शन गर्दैछ ।

Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाह पनि सो कार्यक्रममा सहभागि हुन झापा आएका छन् । पूर्वराजा शाह आज बिर्तामोडमा पृथ्वीनारायण शाहको सालिक अनावरणदेखि स्थानीय नागरिकसँग भेटघाटसम्मका कार्यक्रममा सहभागी हुनेछन् । मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको ¥यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरेर बिर्तामोडसम्म ल्याइने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा आइपुगेका छन् । बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण आज पूर्वराजा शाहले गर्ने कार्यक्रम छ । कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको छ ।

कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष लिङ्देन करिब १० दिनदेखि झापामै छन् । पूर्वराजा शाहसहितको ¥यालीलाई करिब ८ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम रहेको लिङ्देनले बताएका छन् । उनका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण भेट गर्नेसमेत कार्यक्रम छ । कार्यक्रममा ५० हजारको सहभागिता रहने आयोजकले दाबी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top