सामीले फर्कायो वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

९ मंसिर ८०, आइतबार

१० मंसिर,काठमाण्डौ ।
सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका १९ जनाले रकम फिर्ता पाएका छन् । आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये तनहुँका १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो ।

Advertisement

३३ लाख ८० हजार रुपैयाँ रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन् । त्यसैगरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका २४ घटनामध्ये २३ वटाको सफल कार्य भएको छ ।

एक घटना प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताइन् । सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ ५ लाख रुपैयाँ क्षतिपूर्तिबापतका रुपमा उपलब्ध गराइएको छ ।

Advertisement

वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये ९ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ । मृतकका परिवारलाई २ करोड ९१ लाख ८४ हजार २ सय ६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ ।

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग पाएका छन्,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन्।’

Advertisement

दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी १ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताइन् । ‘उक्त आवमा ५५ लाख ८५ हजार रुपैयाँ आर्थिक सहायता पाएका छन्,’ उनले भने, ‘२ जनाको मेडिकल फेल भएकाले ५० हजार रुपैयाँका दरले १ लाख रुपैयाँ प्राप्त गरेका छन्,’ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top