कास्की,भदौ २४
कास्कीको बेगनास तालमा डुङ्गा पल्टिँदा शनिबारदेखि हराइरहेका ६ जनाकै जनाको शव भेटिएको छ । यो सँगै डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
डुङ्गा दुर्घटनामा पोखरा २८ की कृष्णकुमारी वजगाईँ र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको शनिबार नै ज्यान गएको हो ।
आइतबार १७ वर्षीया मनिषा बजगाईँ, ४ वर्षीय रञ्जित गैह्रे, ५ वर्षीय प्राचिन पौडेल, ७ वर्षीय शंकर खनाल र ८ वर्षीय शिव खनाल र ३२ वर्षका रवि खनालको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्रमान गुरुङ्गले जानकारी दिए ।

बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयसहित शसस्त्र प्रहरीको कुरिनटारको गोताखोर टोलीले खोजी गरेको थियो ।