रातो कार्डमा रामोसको कीर्तिमानी

१० मंसिर ८०, सोमबार

११ मंसिर, एजेन्सी ।
स्पेनका सर्जियो रामोसले करियरको किर्तिमानी २९ औँ रातो कार्ड पाएका छन् । रियल सोसिडाडसँगको खेलमा उनले सो किर्तिमानी बनाएका हुन् । जसमा सेभिया सोसिडाडसंग १–२ गोलले पराजित भएको छ । रियल मड्रिडका पूर्व खेलाडीले ८८ औँ मिनेटमा ब्राइस मेन्डेजमाथि फल हानेपछि उक्त कार्ड पाएका हुन् ।

यसअघि उनलाई दोस्रो पहेँलो कार्ड देखाए पनि त्यसलाई सिधा रेड कार्डमा परिणत गरिएको थियो । योसँगै ३७ वर्षीय खेलाडीले ला लिगामा सबैभन्दा २१ पटक रातो कार्ड पाएका छन् । २१ औँ शताब्दीमा उनीभन्दा कुनै पनि खेलाडीले धेरै रातो कार्ड पाएका छैनन् । उनीपछि राफायल मार्क्वेजले २१ र फिलिपे मेलोले २० पटक रातो कार्ड पाएका छन् ।

उता सेभियाका ३८ वर्षीय विंगर जिसस नाभासले यस विरोध गर्दा आफ्नो करियरको पहिलो रातो कार्ड पाए । पराजयपछि सेभिया मात्र १२ अङ्क बटुल्दै लिगको १५ औँ स्थानमा सीमित बनेको छ । सोसिडाड भने २५ अङ्कसहित लिगको पाँचौँ स्थानमा छ । ला लागि अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले ३–० जित निकालेको छ ।

काडिज विरुद्ध जित निकाल्ने क्रममा रियलका लागि रोड्रीगोले दुई गोल गरे भने अर्को गोल जुड बेलिङ्घमले गरे । खेलको १४औं मिनेटमा रियलले रोड्रीगोको पहिलो गोलको मद्दतले अग्रता लियो । रोड्रीगोले बायाँ फ्लान्क बाट बल दौडाउँदै बक्सको छेउ बाट प्रहार गर्दै गोल गरेका थिए ।

गोल खाएपछि घरेलु टोली काडिजले मौकाहरु सृजना गरेपनि गोल भने गर्न सकेन । ६४औं मिनेटमा रोड्रीगोले नै अग्रता दोब्बर बनाए । उनले लुका मोड्रीचको पास लिँदै तीन डिफेन्डरलाई छक्याउँदै एकल गोल गरेका थिए ।

७४औं मिनेटमा बेलिङ्घमले खेलको तेस्रो गोल गर्दै जित सुनिश्चित गरे । उनले रोड्रीगो कै पासमा गोल गर्दै लिगमा यस सिजन आफ्नो ११औं गोल गर्न सफल भए । जित पछि रियल १४ खेलमा ३५ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको जिरोनाको एक खेल कम खेल्दा ३४ अंक छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top