ब्लिन्केन इजरायलमा,रुसले इरानलाई सैन्य विमान दिने

१५ मंसिर, एजेन्सी ।
इजरायल हमास युद्ध र अल्पकाली युद्धविराम सकिदै गर्दा हमासलाई अप्रत्यक्ष सैन्य सहयोग गरेको आरोप लाग्ने इरानलाई युक्रेनमा विध्वंश मच्चाइरहेको रुसले सैन्य विमानहरु दिने भएको छ । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।

अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ लडाकू हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकको आगामी आपूर्तिको पुष्टि गरे। “विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उनले भनेका छन् ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु–३५ लडाकू विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए । उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पुनः इजरायल पुगेका छन् ।

Advertisement

अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उनी तेल अभिभमा पुगेका हुन् । ब्लिन्केनले गाजा पट्टीका लागि अस्थायी युद्धविराम विस्तार र मानवीय सहायता बढाउनेबारे पहल गर्ने बताइएको छ ।

यसैबीच इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन् । इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै’ हमाससँगको युद्धविराम कायम रहने बताएको छ ।

Advertisement

दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो । तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि फेरि दुई दिन थपिएको थियो । यसबीच इजरायलले आफ्ना जेलमा रहेका केही प्यालेस्टिनी बन्दी तथा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकलाई रिहा गरेका छन् ।

युद्धविरामको अन्तिम दिन हमासले १२ बन्धक र इजरेलले ३० बन्दीको रिहाइ गरेका छन् । आज फेरि युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ । विपिनको रिहाइका लागि पहल गर्न परराष्ट्र मन्त्री एनपी साउद पनि कतार जाने तयारीमा छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top