×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

च्याम्पियन्स लिगमा १० हजार गोलः रामोसले रचे इतिहास

१४ मंसिर २०८०

१५ मंसिर, एजेन्सी ।
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा १० हजारौँ गोल पूरा भएको छ । यो कीर्तिमानी बनाउँने खेलाडी हुन्, सर्जियो रामोस । रामोसले च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा उक्त गोल गरेका हुन् ।

पीएसभी आइन्डहोभन विरुद्धको खेलको २४औँ मिनेटमा रोमोसले स्पेनिस क्लब सेभिल्लाका लागि गोल गरेका थिए । ३७ वर्षीय अनुभवी खेलाडी रामोसले गरेको त्यही गोल नै च्याम्पियन्स लिगको इतिहासमा १० हजारौँ गोल बन्न पुग्यो । यद्यपि, उक्त खेलमा भीएसभीले सेभियालाई ३—२ गोलले हराएको थियो ।

Advertisement
Advertisement

पीएसभी च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भयो भने सेभिया समूहगत चरणबाटै बाहिरियो । स्पेनिस खेलाडी रामोसले इभान राकिटिचको पासमा उक्त गोल गरेका थिए । रामोसले च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल भने सन् २००५ को डिसेम्बरमा गरेका थिए ।

त्यतिबेला रामोस अर्को स्पेनिस क्लब रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्थे । आफूले पहिलो गोल गरेको ६ हजार सात सय ७३ दिनपछि रोमोसले च्याम्पियन्स लिगको इतिहासमा ऐतिहासिक गोल गरेका हुन् । यसअघि कुनै पनि खेलाडीले च्याम्पियन्स लिगमा आफूले पहिलो गोल गरेको यति लामो समयपछि अर्को गोल गर्न सकेको थिएन ।

रामोस च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीहरुको सूचिमा पनि दरिन पुगेका छन् । उनी यो सूचिको चौथो स्थानमा उक्लिएका छन् । च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी भने रियल म्याड्रिडका पूर्वखेलाडी पेपे हुन् । उनले ४० वर्षको उमेरमा च्याम्पियन्स लिगमा गोल गरेका थिए ।

यस्तै हिजै भएको समूह बी को खेलमा फ्रान्सेली क्लब लेन्समाथि फराकिलो जितका साथ आर्सनल समूह विजेता बनेको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले लेन्सलाई ६–० ले पराजित गर्यो । आर्सनलले खेलको सुरुवाती २७ मिनेटमै ४–० को अग्रता बनाएको थियो । क्लबका लागि ६ फरक खेलाडीले गोल गरे ।

Advertisement

काइ हाभर्ट्ज, ग्याब्रीएल जेसस, बुकायो साका र ग्याब्रिएल मार्टिनेलीले सुरुवाती समयमा गोल गर्दा मार्टिन ओडेगार्डले पहिलो हाफको इन्ज्युरी समयमा पाँचौ गोल थपे । दोस्रो हाफको ८६ औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै ६–० को जित दिलाए । आर्सनलको ५ खेलमा १२ अंक तथा पिएसभीको ५ खेलमा ८ अंक छ । लेन्सको ५ र सेभिल्लाको २ अंक मात्र छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top