×

NEPAL TIMES UPDATES

Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026

कोप २८ सम्मेलनमै इरान र इजरायल भिडे

१६ मंसिर २०८०

१६ मंसिर,एजेन्सी ।
छिमेकी मुलुकहरु पोल्याण्ड, लाट्भिया र लिथुआनियाका राष्ट्रपतिहरूले बेलारूसका नेता अलेक्जेन्डर लुकासेन्कोसंग संगै तस्वीर खिचाउन समेत अस्वीकार गरेका छन् । कोप–२८ जलवायु शिखर सम्मेलनमा लुकासेन्कोे पनि सहभागि भएका छन् । तर उनीसंगै विश्वका नेताहरूसँग सामूहिक फोटो खिच्न तीन मुलुकका राष्ट्रतिहरुले अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी छलफलका लागि दुबईमा भेला भएका राष्ट्र तथा सरकार प्रमुखहरूले रूसले युक्रेनविरूद्ध लादेको युद्धमा युक्रेनको पक्षमा रहेको र लुकाशेन्कोले बेलारूसको विपक्षीमाथि दमन गरेको र रूससँग सहकार्य गरेको भन्दै कोप २८ मा सामुहिक तस्बिर खिचाएर गरिने परम्परागत उद्घाटन समारोह बहिष्कार गर्नुको कारणको रूपमा उद्धृत गरेका छन् ।

Advertisement
Advertisement

लिथुआनियाका राष्ट्रपति गीतानास नौसेदाले भने, “यसलाई पारिवारिक फोटो भनिन्छ । लुकाशेन्को जुन परिवारको सदस्य हुन चाहन्छन्, त्यो परिवारका सदस्य होइनन् ।” “युक्रेनविरुद्ध रूसको आक्रामकताको मञ्च बनेको राष्ट्रप्रमुखसँग काँधमा काँध मिलाएर उभिनु र विश्वको भविष्य र जलवायु परिवर्तनबारे केही नभएको जस्तो गरी छलफल गर्नु पाखण्डी हुनेछ,” वाउसेदाले भने ।

पूर्व सोभियत गणराज्यहरू लिथुआनिया र लाटभिया रूस र क्रेमलिनको सबैभन्दा मुखर आलोचकहरूमध्ये एक हुन् र कीएभलाई दिइने सैन्य सहायतामा वृद्धि गर्नुपर्छ भन्ने राज्य हुन् । यस्तै यो सम्मेलनमै इरान र इजरायलबीच पनि वार चलेको छ । जसका कारण संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ताबाट इरानी प्रतिनिधिहरू शुक्रबार बाहिरिएका छन् ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले कोप २८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य र दिशानिर्देशविपरीत’ मानेको र त्यसको विरोधमा सम्मेलनस्थलबाट बाहिरिएको बताएका छन् ।

इजरायल र हमासबीच सात दिने युद्धविराम समाप्त भएको र गाजामा अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि गरेको घातक आक्रमणपछि दुई देशबीचको शत्रुता पुनः सुरु भएको केही घण्टापछि यो कदम चालिएको हो । इरानी राष्ट्रपति इब्राहिम राईसी वार्तामा सहभागी नहुने र मेहराबियनले शिखर सम्मेलनमा भाग लिने इरनाले बिहीबार जानकारी दिएको थियो ।

करिब २०० देशका प्रतिनिधिहरूलाई कोप २८ मा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्ने प्रयासहरू बढाउन दबाब छ, तर अहिले आठौं हप्तामा चलेको इजरायल–हमास द्वन्द्वले शिखर सम्मेलनलाई छायाँमा पारिरहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्री अब्दुल्लाह बिन जायद अल नाहयानले गत जुनमा इरानी समकक्षी हुसेन अमिर अब्दुल्लाहियानसँगको वार्तामा इरानी राष्ट्रपति इब्राहिम रायसीलाई कोप–२८ मा सहभागी हुन निमन्त्रणा दिएका थिए ।

तर इरानी राष्ट्रपतिले ‘यहूदी शासन रहेको इजरायलका अधिकारीहरूको निमन्त्रणाका कारण’ उपस्थित नहुने निर्णय गरेको समाचार एजेन्सी ‘इरना’ ले जनाएको छ । तर इरानी राष्ट्रपतिले यहूदी शासन (इजरायल) का अधिकारीहरूको निमन्त्रणाका कारण’ उपस्थित नहुने निर्णय गरेको इरानी अधिकारीलाई उद्धृत गरी ‘इरना’ले जनाएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्री नाहयानले गत जुनमा इरानी समकक्षी हुसेन अमिर अब्दुल्लाहियानसँगको वार्तामा इरानी राष्ट्रपति इब्राहिम आफ्ना इरानी समकक्षी अमिर अब्दोल्लाहियानसँगको टेलिफोन वार्तामा भने, “यस बैठकमा इजरायलको कथित ‘युद्ध अपराध र नरसंहार’ को अवस्थामा उपस्थिति हुनु गम्भीर विचारणीय भएको छ ।”

Advertisement

प्यालेष्टिनी इस्लामिक शसस्त्र समूह (हमास)का लडाकुहरूले गत अक्टोबर ७ मा इजरायलसँग जोडिएको गाजाको सीमा पार गरी करिब एक हजार २०० जनाको हत्या गरेका थिए र करिब २४० जनालाई बन्धक बनाएका थिए भने बदलामा इजरायलको बमबारी अभियान र स्थलआक्रमणबाट प्यालेस्टाइनी क्षेत्रमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको प्यालेष्टिनी सरकारले जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top