२० मंसिर, एजेन्सी । आफनो क्षमताले भ्याएसम्म रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनले अमेरिकाले सैन्य सहयोग नगरे रुससंगको युद्ध हार्ने निश्चित भएको दावी गरेको छ ।
युक्रेनका प्रधान सेनापति एन्ड्री येमार्कले अमेरिकाको निरन्तरको सैन्य सहयोगबिना युक्रेन एक्लैले रुसको सामना गर्न नसक्ने भन्दै युद्ध हार्ने सम्भावना बढेको जनाएका छन् ।
अमेरिकाको वासिङटन डिसीमा युएस इन्स्च्यिुट अफ पिसमा सम्बोधन गर्ने क्रममा येमार्कले युद्धको चपेटामा परेको युक्रेनका सर्वसाधारणको बाँच्ने सम्भावना पनि न्युन हुँदै गएको बताएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लाडिमीर जेलेन्स्कीलाई युद्धबारे जानकारी गराउन अमेरिकी सांसदहरुसंगको भिडियो सम्मेलन सकिएको केही बेरमा नै येमार्कको यस्तो भनाइ सार्वजनिक भएको हो ।
यता अमेरिकाले भने अमेरिकी कांग्रेसले वर्षको अन्त्यसम्ममा युक्रेनलाई थप सैन्य सहायता अनुमोदन गर्न असफल भएमा रुस विरुद्धको लडाँइमा युक्रेन घुँडा टेक्न बाध्य हुने स्वीकारेको छ ।
अमेरिकाको हाउस अफ रिप्रजेन्टेटिभ रिपब्लिकनका सभामुख माइक जोन्सले कोषमा दशौं अर्ब डलर थप उपलब्ध गराउने अनुरोध खारेज गरेकाले युक्रेनलाई कठिन हुने जानकारी दिएका छन् ।