दाङ क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत, रङ्गरोगन सुरु

२२ मंसिर, दाङ । नेपाल–भारत सीमा अन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गरोगन थालिएको छ । अहिले ३५ वटा सीमा स्तम्भ (पिलर) को मर्मत र रङ्गरोगन गर्ने काम भइरहेको छ ।

कपिलवस्तुदेखि बाँकेको सीमासम्म पर्ने झन्डै ८३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र छुट्याउने ७७ मध्ये ३५ वटा सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम शुरु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यसअघि २०७४/०७५ तिर नापी विभागकै टोलीले जिल्लामा सीमा स्तम्भको मर्मत गरेको थियो ।

Advertisement

अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको तर्फबाट सीमा स्तम्भको सरसफाइ, रङ्गरोगन र मर्मतको काम भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार दाङमा ३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भ रहेका छन् । जसमध्ये १४ वटा मुख्य र २१ वटा सहायक सीमा स्तम्भको अहिले नेपालले मर्मत गर्न थालेको छ ।

Advertisement

उनका अनुसार नेपाल र भारतबीच भएको सहमतिका आधारमा सीमा स्तम्भ मर्मतको काम विभाजन गरेर थालिएको छ ।

यो सहमतिमा जोर अङ्कका सीमा स्तम्भ भारतले मर्मत गर्ने उल्लेख थियो भने बिजोर अङ्कका सीमा स्तम्भ नेपालले मर्मत गर्ने भन्ने थियो ।

दुई देशीय सम्झौताअनुसार बिजोर अङ्कका सीमा स्तम्भको मर्मत तथा रङ्गरोगनको काम नेपालको तर्फबाट भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

दुई देशीय सम्झौताअनुसार जोर अङ्कका सीमा स्तम्भ मर्मतको जिम्मा पाएको भारतले भने यसअघि नै काम गरिसकेको छ ।

तस्बिर : आलोक भावुक

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

सम्बन्धित समाचार

Scroll to Top