भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध

२१ मंसिर ८०, शुक्रबार

२२  मंसिर,काठमाण्डौ ।
भारतले प्याजको निर्यातमा फेरि पूर्ण प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको बताएको छ ।

Advertisement

अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ । भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।

यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । नेपाली बजारमा केहि समययता प्याजको अभाव छ । आलु र प्याजमा मूल्य अभिबृद्धि कर(भ्याट) को विवादले नेपाली होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता भने मारमा परेका छन् ।

Advertisement

सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि व्यवसायीको हडताल कायमै छ । अड्ताल नरहदा समेत प्याजमा नेपाल भारतमै निर्भर छ। उसले प्रतिबन्ध लगाउँदा नेपालमा हाहाकार नै हुने गरेको छ ।

नेपालमा प्याजखेतीका लागि तराई र भित्री मधेसको जग्गा उर्वर मानिए पनि नेपालमा व्यावसायिक खेती न्यून छ । किसानले मौसमी बालीका रूपमा लगाएको प्याज सहरी क्षेत्रका उपभोक्ताका लागि बजारसम्म आइपुग्न सकेको छैन । उत्पादन लिन लामो समयसम्म कुनुपर्ने र पहिलो तीन महिना निरन्तर सिँचाइ सुविधा पु¥याउनुपर्ने कारण किसानहरू प्याजखेतीमा खासै आकर्षित हुन नसकेको कृषिपवद्हरु बताउँछन् ।

Advertisement

नेपालमा आर्थिक वर्ष ०६३÷६४ मा पाँच वर्षसम्म प्याजमा आत्मनिर्भर हुने दाबीसहित ‘मिसन कार्यक्रम’ लागू गरिएको थियो । प्याज बढी उत्पादन हुने १० जिल्ला सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया र दाङमा यो कार्यक्रम लागू गरिएको थियो ।

५ वर्षको अवधिमा प्रतिजिल्ला करिब ५ करोडका दरले खर्च भए पनि उत्पादनमा सुधार नभएर आलोचना हुन थालेपछि कार्यक्रम बन्द गरिएको थियो । प्याजखेतीको उपयुक्त मौसम कात्तिकदेखि वैशाखसम्म मानिन्छ । भारतका १५ भन्दा बढी राज्यमा यही समयमा ठूलो स्केलमा प्याजखेती गर्छन् ।

त्यसपछि साउनदेखि कात्तिकको बेमौसमी सिजनमा पनि भारतका ८ देखि १२ राज्यका किसानले प्याजखेती गर्छन् । भारत सरकारले यसअघि गत भदौमा प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको थियो । यो नियम सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहनेछ ।

सन् २०२३ को पहिलो ६ महिनामा मात्रै भारतले प्याजको निर्यात गत वर्षभन्दा ६३ प्रतिशतले बढी भएको छ। नेपाल, बंगलादेश, मलेसिया, यूनाइटेड अरब इमिरेट्स र श्रीलंकाका तरकारी बजारहरु भारतीय प्याजमा अधिकमात्रामा निर्भर छन्। भारतको यस निर्णयले नेपाल लगायत ती देशहरुमा पनि प्याजको मूल्य तथा आयात प्रभावित हुने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top