×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

पुटिनले पुनः राष्ट्रपतिको चुनाव लड्ने

२३ मंसिर २०८०

२३ मंसिर, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने भएका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापमा उनले यस्तो बताएका हुन् । उनले रूसका सेनालाई गोल्ड स्टार पदक प्रदान गरेका थिए ।

बिहीबार, रूसको संघ परिषद् वा संसदको माथिल्लो सदनले २०२४ मार्च १७ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो । यसैबीच एक महिनाअघि रुसी सेनामा भर्ना भइ युक्रेन सिमानाको युद्धमा खटिएका पाल्पा रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल एक हप्तादेखि परिवारबाट सम्पर्कविहीन भएका छन् ।

Advertisement
Advertisement

युक्रेन सिमानामा युद्धमा खटिएका रुसी सेनामा कार्यरत पौडेल बिरामी भएपछि सीमा क्षेत्रकै अस्पतालमा भर्ना भएको जानकारी विष्णुले पविारमा खबर गरेका थिए । अस्पतालमा फोर्न सम्पर्क गर्न नपाउने अवस्थामा बिरामी परेका पौडेलले लुकेर घरपरिवारसँग समय–समयमा सम्पर्क गरे पनि एक हप्तादेखि कुनै सम्पर्क नभएको उनकी श्रीमती सुमित्रा रायमाझी पौडेलले बताइन् ।

विष्णु गएको असोज २९ गते नेपालबाट रुस गएका थिए । रुस गएको केही समयपछि नै उनी रुसी सेनामा भर्ना भएका थिए । ३ नोभेम्बर २०२३ मा विष्णुलाई रुसी सेनामा भर्ना भएको नियुक्ति पत्र दिइएको थियो । त्यसपछि उनलाई युक्रेनमा सीमामा खटाएको थियो । विष्णुलाई दिइएको नियुक्ति पत्रमा रुसी राइफल म्यानको जिम्मेवारी दिइएको थियो ।

उनलाई रोस्टभ रिजनको पेरसिअनोस्कि गाउँमा खटाएको नियुक्तिपत्रमा उल्लेख गरिएको श्रीमती सुमित्राले बताइन् । युक्रेन सीमामा हिउँ परेको अत्याधिक चिसोको कारण विष्णुलाई छाती दुख्ने, तथा फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भएका श्रीमती सुमित्राले बताइन् ।

Advertisement
Advertisement

रुसमा वैदेशिक रोजगारमा नजान अनुरोध गरे पनि विभिन्न एजेन्टको माध्यमबाट श्रीमान रुस पुगेका श्रीमती सुमित्राले बताइन् । घरपरिवारले अस्पतालमा भर्ना भएका पौडेललाई स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, रुसमा रहेको नेपाली दुतावास, गैर आवासीय नेपाली संघ लगायत तहमा अनुरोध गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top