संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थाले

जनताको चाहानालाई मुर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थालेका छन् । संसद्को बैठकमा मात्र होइन समितिको बैठकमा पनि प्रायजसो शीर्ष नेताहरुको उपस्थिती प्राय सुन्य देखिन्छ । संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिएको भएपनि संसादहरुले समितिलाई वास्ता गर्न छाडेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

संसदीय समितिमा दफावार छलफल भएपछि र सबैको सहमति भएपछि मात्र विधेयक संसदको बैठकमा लैजाने गरेको छ । आइतबार बोलाइएको प्रतिनिधिसभाको अर्थ समितिको ५ औं बैठक गणपूरक संख्या नपुग्दा बैठक बसेपनि कुनै निर्णय गर्न सकेन । बैठक बिहान ११ बजे बोलाइएको थियो । समितिका जेष्ठ सदस्य रहेका राजपा नेता महन्थ ठाकुर पनि ११ बजेभन्दा ढिलो गरी बैठकमा पुग्नुभएको थियो । समितिमा रहेका २५ सदस्यमध्ये १२ सांसदमात्र बैठकमा उपस्थित भएका थिए ।

बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, श्यामकुमार श्रेष्ठ, रामकुमारी झाँकी, प्रमिला राई, चुडामणी खड्का, निरादेवी जैरु, तुल्सी थापा, सरवत आरा खानसहित १२ सांसद्को मात्रै उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभा नियमावली , २०७५ को नियम १७९ मा गणपूरक संख्यासम्बन्धी व्यवस्था गरिएको छ । नियममा भनिएको छ–‘ समितिको बैठकमा गणपूरक संख्या नपुगेमा सो संख्या नपुगेसम्म समितिका सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को दिनका लागि बैठक स्थगित गर्न सक्नेछ ।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top