भारतीय भूपू गोर्खाको पेन्सन रोकियो

काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ।

यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै पाएका छैनौं’ पूर्वगोर्खा भारतीय सैनिक भरत थापा भन्छन्, ‘यसले गर्दा कसैलाई बैकले किस्ता र छोराछोरीको फी तिर्न, कसैलाई नियमित औषधोपचार गर्नसमेत समस्या छ। कतिले त डेरा भाडा नै तिर्न नसक्ने अस्था छ।

Advertisement

‘अब हमी नयाँ व्यवस्थामा जादैँछौं जसअनुसार पेन्सन एकै पटक भुक्तानी हुनेछ र तीन–तीन महिनामा हुनेछ,’ काठमाडांै क्याम्पका प्रमुख समेत रहेका भारतीय दुतावासका सुरक्षा सल्लाहकार अविनेश चाम्बियलले भने, ‘अर्को फेरिएको नीति के छ भने हामी अब कसैलाई नगद पैैसा दिँदैनौं, सबैको पेन्सन सम्बन्धित बैक खाता पठाइदिन्छौं।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top