×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२०२३ मा रोनाल्डोले गरे ५०औं गोल

२६ मंसिर २०८०

२६ मंसिर,एजेन्सी ।
क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पूरा गरेका छन् । साउदी अरेबियामा अल नासरका लागि उनले अल सहवाबविरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पूरा गरेका हुन् । रोनाल्डोको गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५–२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो ।

उनले अल नासरको लागि ७४ औं मिनेटमा चौंथो गोल गर्दै यो वर्ष ५० गोल पुरा गरे । रोनाल्डोले यो सिजनमा अल नासरका लागि २६ गोल गरे । जसमा १६ गोल उनले साउदी प्रो लिगका १५ खेलमा गरेका छन् । तीन दिनअघिमात्र रोनाल्डोले आफ्नो करिअरको १२ सयौं व्यावसायिक खेल खेल्दा अल रियाद विरुद्ध समेत गोल गरेका थिए ।

Advertisement
Advertisement

उनले उक्त खेलमा एक गोल र एक असिस्ट गर्दै ऐतिहासिक कीर्तिमान बनाएका थिए । यस्तै रोनाल्डो जुनमा दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पनि पहिलो खेलाडी बनेका थिए । उनले पोर्चुगलका लागि कीर्तिमानी १२८ गोल गरेका छन् । यस्तै युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक १८३ खेल खेलेका छन् ।

Advertisement

रोनाल्डोले अहिलेसम्म पाँच फरक क्लबका लागि खेलेका छन् । जसमा उनले पोर्चुगलको स्पोर्टिङका लागि ३१ खेल खेलेका छन् । यस्तै इंग्लयाण्डको म्यानचेष्टर युनाइटेडको लागि ३४६, स्पेनको रियल मड्रिडका लागि ४३८, इटलीको युभेन्ट्सका लागि १३४ र अहिले खेलिरहेको सायदी क्लब अल नासेरका लागि ४७ खेल खेलेका छन् । पोर्चुगलको राष्ट्रिय टिमबाट उनले २०५ खेल खेलिसकेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top