सुनको मूल्य घट्दा चाँदीको स्थिर,कतिमा हुँदैछ कारोबार?

२६ मंसिर ८०, मंगलबार
Share this
756shares

२६ मंसिर,काठमाण्डौ ।

Advertisement

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मल्यले यसदिन पनि निरन्तरता पाएको छ।आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ, सोमबार प्रतितोला पाँच सय रूपैयाँ र मंगलबार प्रतितोला सात सय रूपैयाँ गरी सुनको मूल्य तीन दिनमा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top