कुवेती राजाको निधनमा भारतले राष्ट्रिय झण्डा झुकाउने

१ पुस ,एजेन्सी ।

कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनपछि भारत सरकारले आइतबार एक दिवसीय राजकीय शोक मनाउने घोषणा गरेको छ । आमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । भारतको केन्द्रीय गृह मन्त्रालयले सबै राज्यहरूलाई पठाएको सन्देशमा डिसेम्बर १७ मा राज्य शोकमा भारतभर राष्ट्रिय झण्डा आधा झुकाइने र कुनै आधिकारिक मनोरञ्जन कार्यक्रम नहुने बताएको छ।

यसमा भनिएको छ, ‘कुवेतका अमिर शेख नवाफ अल –अहमद अल–जाबेर अल–सबाहको डिसेम्बर १६, २०२३ मा निधन भयो।’ ’मृतकको सम्मानको प्रतीकको रूपमा, भारत सरकारले डिसेम्बर १७ मा एक दिनको राजकीय शोक गर्ने निर्णय गरेको छ।’

Advertisement

‘शोकको दिन, भारतका सबै भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ जहाँ नियमित रूपमा राष्ट्रिय झण्डा फहराइन्छ र त्यस दिन कुनै आधिकारिक मनोरञ्जन कार्यक्रम हुनेछैन,’ विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कुवेतका शासक अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा शोक व्यक्त गरेका छन।

मोदीले सामाजिक सञ्जाल एक्समा भनेका छन, ’शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनको बारेमा थाहा पाउँदा गहिरो दुःख लाग्यो । हामी शाही परिवार र कुवेतका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।’ कुवेतको शाही अदालतले उनको निधन भएको सार्वजनिक गरेपनि निधनको कारण भने खुलाएको छैन ।

Advertisement

रोयटर्सका अनुसार नवाफ गत महिना अस्पताल भर्ना भएका थिए । त्यतिबेला उनको स्वास्थ्यमा अकास्मात् समस्या आएको भन्दै अस्पताल लगिएपनि उनको स्वास्थ्य स्थिर रहेको भनिएको थियो । उनको निधनपछि ८३ वर्षीय शेख मेशाल अल अहमद अल सबाहलाई नवाफको उत्तराधिकारी घोषणा गरिएको छ ।

तीन वर्षयता कुवेतको शक्तिमा आएका नवाफ उमेरले कमजोर बन्दै गएपछि सन् २०२२ देखि शेख मेशालले नै त्यहाँको शासन सञ्चालन गर्दै आएका थिए । शेख नवाफको निधनपछि शनिबार औपचारिक रूपमा शेख मेशाललाई उत्तराधिकारी घोषणा गरिएको हो । कुवेतको संविधानमा उत्तराधिकारी स्वतः अमिर बन्ने व्यवस्था छ ।

तर, संसदबाट शपथ लिएपछि मात्र सत्ता ग्रहण गर्न सक्नेछन् । नवनियुक्त अमिरले एक वर्षपछि आफ्नो उत्तराधिकारी तोक्न सक्नेछ । शेख नवाफ उनका दाइ शेख सबाहको निधनपछि सन् २०२० मा कुवेतको अमिर बनेका थिए । शेख सबाह एक दशकभन्दा बढी कुवेतको शासनसत्ताा रहे । उनले नै छिमेकी र अमेरिका लगायतका देशहरूसँगको सम्बन्ध सन्तुलित बनाएका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top