चार दिनदेखि  सर्भर डाउन हुँदा एनओसी रोकियो, हस्तलिखित दिने तयारी

२ पुस ८०, सोमबार

२ पुष ,काठमाण्डौ ।
वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ। सर्भरडाउन भएको भन्दै एनओसी रोकिएपछि विद्यार्थीहरूले समयमै एनओसी नपाएको भन्दै विरोध गरिरहेका छन्।भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो।

Advertisement

गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकेको थिएन। तीन÷चार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने बताएका छन् उनले भनेका छन्, ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म अनलाइनबाट नभए आजदेखि हस्तलिखित भए पनि एनओसी वितरण गर्छौं,’।गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको थियो।

Advertisement

डाटा भरिएर सर्भर डाउन भएको थियो। कम्प्युटरको हार्डडिक्स परिवर्तन गर्न खोज्दा पहिलेका डाटा हराउँदा ती डाटा रिकभर गर्न समय लागेको थियो।सर्भर बनेपछि सेवा सुरू गरिने भन्दै शिक्षा मन्त्रालयअन्तर्गत उच्च शिक्षा शाखाले सूचना टाँस गरेको थियो। तर भिसा तयारी गरेका तथा भिसा लागेर गन्तव्यका लागि उड्ने तयारी गरिरहेका विद्यार्थीहरूले भने छिटो एनओसी उपलब्ध गराउन माग गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top