×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

८ हजार आप्रवासी मेक्सिकोबाट अमेरिकी सीमामा

९ पुष , एजेन्सी ।
अमेरिका विश्वभरका धेरै मुलुकका नागरिकका लागि सपनाको देश हो । वैधरुपमा अमेरिका जान प्रक्रिया पुर्याउनेको संख्या बाँकी देशहरुमा जसरी बढिरहेको छ, अवैधरुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरुको संख्या पनि उस्तै गरि बढिरहेको छ । यो क्रममा सयौंको ज्यानसमेत गइसकेको छ । लाखौं मानिसहरु पक्राउ परेका छन् ।

यसको बावजुद अवैधरुपमा अमेरिका छिर्न खोज्नेको संख्या घटेको छैन । पछिल्लो पटक त झनै एकैसाथ हजारौं मानिसहरु अमेरिकातर्फ हिडिरहेका छन् । मध्य र दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकाको सीमातर्फ अघि बढेको छ ।

Advertisement
Advertisement

भेनेजुएला, क्युबा, मेक्सिकोलगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी सीमातर्फ अघि बढेका छन् । आप्रवासन नियन्त्रणसम्बन्धी नयाँ सम्झौताअघि बढाउन चाहिरहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन मेक्सिको सिटी भ्रमणमा जानुअघि यो ठूलो समूह सीमातर्फ अघि बढेको हो ।

उनीहरु ग्वाटेमालाको सीमा जोडिएको दक्षिणी मेक्सिकन सहर तापचुलामा जम्मा भएर आएका खबरमा उल्लेख छ । अधिकारीहरुका अनुसार सन् २०२२ र २०२३ दुवै आर्थिक वर्षमा दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्न चाहने २० लाखभन्दा बढी आप्रवासी पक्राउ परेका छन् ।

सन् २०२३ को सेप्टेम्बर महिनामा मात्रै अमेरिकी सीमा सुरक्षा बल होमल्याण्ड सेक्युरिटी फोर्सेसले २ लाख आप्रवासीलाई पक्राउ गरेको थियो । केही दिन अघिमात्रै दोस्रो कार्यकालका लागि चुनावको तयारी गरिरहेका अमेरिकी पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधरुपमा अमेरिका आउने आप्रवासीलाई विष भनेका थिए ।

उनले आफूले चुनाव जिते आप्रवासीलाई कडाई गर्ने बाचा पनि गरेका छन् । तर कहिले कानूनी बन्देज त कहिले प्रतिस्पर्धी उम्मेदवारहरुले ट्रम्पको चुनौती बढाइरहेका छन् । अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्न रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा साउथ क्यारोलाइना राज्यकी पूर्वगभर्नर निक्की हेलीले डोनाल्ड ट्रम्पलाई टक्कर दिने सम्भावना देखिएको छ ।

न्यु ह्याम्पसायर राज्यमा हुन लागेको प्राइमरीअगाडि गरिएको एक सर्वेक्षणमा हेलीले अग्रस्थानमा रहेका ट्रम्पसँगको दुरी चार अंकमा छोट्याएकी छन् । बिहीबार सार्वजनिक भएको अमेरिकन रिसर्च ग्रुप इंकको सर्वेक्षणअनुसार यो राज्यमा कुन रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पलाई ३३ प्रतिशत मत प्राप्त भएको थियो ।

हेलीले २९ प्रतिशत मत प्राप्त गरेकी छन् । यद्यपी अहिलेसम्म रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार मनोनयनका लागि ट्रम्प सबैभन्दा अगाडि छन् । तर ट्रम्पले ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्नु कडा प्रतिस्पर्धाको संकेत भएको विश्लेषकहरुको भनाइ छ । तर, यो सर्वेक्षणलाई ट्रम्पले खारेज गरेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top