×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१० किलो सुन तस्करीका अभियुक्त सार्वजनिक

२५ भाद्र २०७५

गोरखा, भदौ २५
अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् ।

गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्ट अगाडि जाँचका क्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका थिए ।ऊनीको गलबन्दीभित्र पाँच किलो सुनराखी बाहिरबाट सिलाइ कम्मरमा पेटी जस्तो बनाई ल्याएको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको हो । लामाको साथबाट थप कानमा लगाउने कन्दरा सात तोला बराबरको दुई थान, टप एक तोला बराबरको दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए ।

Advertisement

पक्राउ परेका तेन्वेले भने पछाडि बोक्ने रातो रङको झोलामा राखेर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए । तिब्बतको जोङ्ग भन्ने स्थानबाट चिनजानका च्याङ्चीन भन्ने चिनियाँ नागरिकले काठमाडाँै पु¥याइदिनु भनी सुन पठाएको अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।

“अभियुक्त दुई जनाको फोन नम्बर राखी काठमाडौँ जानु त्यहाँ पुगेपछि फोन गर्ने व्यक्तिलाई दिनु भनेर सुन बोकाएर पठाएको पाइयो”, प्रहरी प्रमुख बस्नेतले भने, “निजहरुलाई सुन पु¥याएबापत रु ५० हजार दिने सहमति रहेको बुझियो ।” उनीहरुले चुमनुव्री गाउँपालिका वडा नं ७ को सिर्दिबासस्थित स्यात्ला नाकाबाट हुँदै तिब्बतबाट अवैध सुन भित्र्याएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए ।

Advertisement

गोरखाको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल नजोडिएकाले हवाइमार्ग हुँदै आवातजावत गर्नुपर्ने भएपछि सो क्षेत्र हुँदै तस्करी बढेको आशङ्कामा जिल्ला प्रशासन कार्यालयले केही दिनअघिदेखि कडाइ गरेको थियो । प्रशासनको निर्णयअनुसार उत्तरी क्षेत्रमा उडान भर्ने सबै हेलिकप्टरमा अनिवार्य जाँच गर्न थालिएपछि सडकमार्ग हुँदै तस्करी शुरु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
रासस

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top