×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अयोध्यामा रामको मूर्तिमा अभिषेक गर्न नेपालको जल

१३ पुष २०८०

१३ पुष, काठमाण्डौ ।
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको छ । नेपालका विभिन्न नदीबाट सङ्कलन गरिएको जलको विशेष महत्त्व रहेको बताइन्छ । विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा यो जल सङ्कलन गरी जनकपुरबाट अयोध्या लगिएको हो । राम मन्दिरको प्राणप्रतिष्ठा आगामी ज्यानुअरी २२ मा हुने भनिएको छ ।

मिथिलामा छोरीज्वाइँले नवभवन निर्माण गरी गृह प्रवेश गर्दा माइतीबाट कोसेली लैजाने चलन रहिआएको छ । यसअघि गत फेब्रुअरीमा नेपालको कालीगण्डकी किनाराबाट दुईवटा शिलाहरू अयोध्या पु¥याइएका थिए । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–६ ठूलोबगरस्थित कालीनदी किनाराबाट त्यसबेला १४ र २७ टनका दुईवटा शिलाहरू जनकपुरस्थित जानकी मन्दिरमार्फत् अयोध्या पठाइएको हो ।

Advertisement

सुरुमा ती शिलाबाट मूर्ति बनाउने भनिएको थियो । तर पछि मूर्ति कुद्न ती शिलाहरू “उपयुक्त नभएकाले” त्यत्तिकै राखिएका विवरणहरू आएका थिए । कतिपय भारतीय सञ्चारमाध्यमले राम मन्दिरस्थित केही सन्तहरूले कालीनदीको शिला शालिग्राम बराबरकै हुने भएकाले त्यसलाई फुटाउन हुँदैन भन्ने तर्क गरेपछि पनि मूर्ति नबनाइएको भन्ने खालका समाचारहरू लेखेका थिए ।

यद्यपि शिला पठाउने तथा पछि शिलाको प्राविधिक जाँच गर्ने क्रममा अयोध्यासमेत पुगेका नेपाली प्रतिनिधिहरूका अनुसार मूर्तिकारले ‘त्यस्तो शिलामा बनाउन सम्भव नहुने’ बताएपछि अन्य शिलाहरूमा मूर्ति कुँदिएका छन् । उनीहरूका भनाइमा १४ टनको शिलालाई शालिग्रामस्वरूप मानिएकाले २७ टनको शिलामा मूर्ति कुँद्ने प्रयास गरिएको थियो ।

तर त्यो उपयुक्त नहुँदा अहिले दुवै शिलालाई राम मन्दिर निर्माणस्थल नजिकै राखिएको उनीहरू बताउँछन् । भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार राम मन्दिरको गर्भगृहमा राख्नका लागि उक्त देशकै विभिन्न स्थानबाट ल्याएका पत्थरहरूबाट तीनवटा मूर्ति बनाइएका छन् ।

तीमध्ये उपयुक्त एकलाई छानेर गर्भगृहमा राखिनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका थिए । सो ठाउँमा सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको थियो, त्यसपछि हिन्दू पक्ष र मुस्लिम पक्षबीच पहिला इलाहाबाद हाइ कोर्ट र पछि सर्वोच्च अदालतमा लामो कानुनी लडाइँ चल्यो ।

Advertisement

अन्त्यमा सर्वोच्च अदालतले नोभेम्बर २०१९ मा एक ऐतिहासिक फैसला सुनाउँदै अयोध्यामा विवादित भूमिमा मन्दिर बनाइनेछ भन्ने आदेश दियो । साथमा अदालतले केन्द्र सरकारलाई नयाँ मस्जिदको निर्माण गर्न सुन्नी वक्फ बोर्डको पाँच एकडको वैकल्पिक जमिन उपलब्ध गराउनू भन्ने निर्देशन पनि दिएको थियो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top