प्रदेशसभाबाट प्रशासकीय कार्यविधि विधेयक पारित

२५ भदौ ७५, सोमबार
Share this
725shares

विराटनगर, भदौ २५
प्रदेश नं १ को प्रदेशसभामा आज बसेको बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।

Advertisement

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।

सो विधेयक सम्बन्धमा प्रदेशसभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली, २०७४ बमोजिम प्रशासकीय कार्यविधि(नियमित) गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा अङ्ग बनोस् भनी प्रस्ताव गरेका थिए ।

Advertisement

प्रदेशसभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णकुमारी राईले वैदेशिक रोजगारमा जाने महिलालाई श्रम स्वीकृति नदिएको कारण महिलाहरु वैकल्पिक बाटो अपनाएर जाने गरेकाले प्रदेश सरकारमार्फत केन्द्रीय सरकारको ध्यानाकर्षण गराइन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top