खोटाङकी युट्युबर सिक्किममा किन पक्राउ परिन् ?

१४ पुस ८०, आइतबार

१५ पुष,एजेन्सी ।
साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्। भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ।

Advertisement

उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्। उमाले केही दिन अघि सामाजिक सञ्जालमा भिडिओ हाल्दै सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको पिटिआईले समाचारमा उल्लेख गरेको छ।

उमाले सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इन्नर लाइन पर्मिट पनि नलिएको आरोप छ। राईलाई अदालतमा समेत उपस्थित गराइसकेको छ। उनलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको छ। पक्राउ परेकी उमाले १० पुसमा वनझाँक्री बस्ने गुफा र ११ पुसमा चारधाम सिक्किम घुमफिर’ भिडिओ सामग्री पोस्ट गरेकी थिइन्।

Advertisement

साथै उनले सिक्किममा साकेला मनाउनका लागि भिडिओमार्फत आह्वान गरेकी थिइन्। सिक्किममा सन् २०२४ मा विधान सभा चुनाव हुँदै छ। सोही चुनावलाई लक्षित गरेर उमाले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोप लगाइएको छ ।

शिला राईले भिडियो देखेर सदर पुलिस स्टेशनमा उजुरी दिएकी थिइन्। यसको आधारमा भारतीय आइपीसी धारा १५३ ए दुश्मनतालाई बढावा दिने, १५३ बी अभियोग, राष्ट्रिय एकताको लागि प्रतिकूल दाबी र ५०५ सार्वजनिक दुर्व्यवहारको लागि बयान अन्तर्गत मुद्दा दर्ता गरिएको सिकिम्म पुलिसले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top