×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

रुसी शहरमा युक्रेन, ४१ को बदला २१को ज्यान लियो

१५ पुष २०८०

१५ पुष, एजेन्सी ।
रुसले युक्रेनमा आक्रमण गरेपछिको दुई वर्षमा युक्रेनले रुसविरुद्ध ठूलो बदला लिएको छ । रसियाको सीमावर्ती सहर बेलग्रेडमा शनिबार भएको गोलाबारीमा तीन बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ। आक्रमणमा ११० जना घाइते पनि भएका छन् । रुसी अधिकारीहरूले आक्रमणको लागि युक्रेनलाई दोष दिएका छन्।

बेलग्रेडमा भएको आक्रमणको एक दिनअघि रुसले युक्रेनमा १८ घण्टा लामो हवाई हमला गरी ४१ सर्वसाधारणको ज्यान लिएको थियो । त्यसपछि युक्रेनको सीमावर्ती बेलग्रेडमा यो गोलीबारी भएको हो । रुसले २२ महिनाअघि युक्रेनमा आक्रमण गरेपछि यो आक्रमण सबैभन्दा घातक आक्रमण हो। मस्कोको सेनाले शुक्रबार युक्रेनमा १२२ मिसाइल र दर्जनौं ड्रोन हमलाहरू प्रहार गरेको थियो ।

जसमा वायुसेनाका एक अधिकारीले युद्धको सबैभन्दा ठूलो हवाई आक्रमणको रूपमा वर्णन गरेका छन्। यसपछि बेलग्रेडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आक्रमणमा तीन बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको र ११० जना घाइते भएको बताएका छन् । आक्रमण पछि बेलग्रेडका तस्बिरहरूमा जलिरहेको कारहरू र क्षतिग्रस्त भवनहरूबाट कालो धुवाँको मुस्लो निस्किरहेको र हवाई आक्रमणको साइरन सुनिएको देखाइएको छ।

बेलग्रेडमा गोलाबारीको क्रममा शहरको बीचमा रहेको सार्वजनिक आइस रिंकलाई पनि निशाना बनाइएको थियो। सहरमा यसअघि पनि हमला भइसकेको छ । तर यस प्रकारको गोलाबारी विरलै दिनको उज्यालोमा भएको छ र यसअघिका आक्रमणहरूमा यति ठूलो संख्यामा मानिस मारिएका थिएनन्।

रुसको रक्षा मन्त्रालयले आक्रमणमा प्रयोग भएको गोलाबारुद चेक (गणतन्त्र) ले निर्मित भ्याम्पायर रकेट र गोलाबारुदले सुसज्जित ओल्खा मिसाइलको रूपमा पहिचान गरेको जनाएको छ। मन्त्रालयले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा यो अपराधलाई छाडिने छैन् भनिएको छ ।

यसअघि शनिबार रुसी अधिकारीहरूले देशको मस्को, ब्रायान्स्क, ओरियोल र कुर्स्क क्षेत्रमा ३२ युक्रेनी ड्रोनलाई हवाई क्षेत्रमा खसालेको जानकारी दिएका थिए। मे महिनादेखि पश्चिमी रूसका शहरहरूमा लगातार ड्रोन आक्रमणहरू भइरहेका छन् र रुसी अधिकारीहरूले यसका लागि युक्रेनलाई दोष दिन्छन्।

युक्रेनी अधिकारीहरूले रूसी क्षेत्र र क्रिमियन प्रायद्वीपमा आक्रमणको जिम्मेवारी कहिल्यै लिएका छैनन् । रुसमा नजिकिदो राष्ट्रपति निर्वाचनका बीच यो आक्रमणपछि राष्ट्रपति भ्लादिमिर पुटिन थप आक्रमक र दबाब आउने विश्लेषण गरिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top