सिक्किममा पक्राउ परेकी उमाले सिकेको पाठ,नेपाली र सिक्किमेली एकै होइनन्

१५ पुस ८०, सोमबार

१६ पुष, एजेन्सी ।
भारतको सिक्किम प्रहरीले पक्राउ गरेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई रिहा गरिदिएको छ । सिक्किम क्रोनिकल्स अखबारका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो। ’उनलाई नेपाल फिर्ता गरिएको छ। तर उनीमाथि लागेको आरोप अनुसन्धानकै क्रममा छ।

सूचना जारी भएपछि उनी अदालतमा हाजिर हुन आउनुपर्नेछ,’ सिक्किम क्रोनिकल्सले सिक्किम प्रहरीलाई उद्धृत गर्दै लेखेको छ। भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले शनिबार उमालाई पक्राउ गरेको थियो।

उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्। सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकिँदै गर्दा उमाले सिक्किमवासीबीच साम्प्रदायिक अशान्ति फैलाएको आरोप छ। उमाले केही दिन अघि सामाजिक सञ्जालमा भिडिओ हाल्दै सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको पिटिआईले समाचारमा उल्लेख गरेको छ।

Advertisement

उनलाई पक्राउ गरेपछि अदालतले अनुशन्धानका लागि ५ दिनको समय दिएको थियो । उमाले केही दिनअघि सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको पिटिआईले समाचारमा उल्लेख गरेको छ।

उमाले सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इनर लाइन परमिट पनि नलिएको आरोप छ। उमामाथि ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको , दुश्मनतालाई बढावा दिने, राष्ट्रिय एकताको लागि प्रतिकूल र सार्वजनिक दुर्व्यवहारको लागि बयान अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

Advertisement

यता प्रहरी हिरासतबाट मुक्त भएपछि उमाले आफूले नेपाल र सिक्मिको मान्छे एउटै भएको सोँचे पनि त्यस्तो नभएको भन्दै सिक्किम घुम्न जाँदा एक पटक सोचेर मात्रै जान अपिल गरेकी छन् । उनले भनेकी छन्, “म त नेपाल र सिक्किमको मान्छे एउटै सोँच्थे तर होइन रहेछ, नेपालको मान्छेहरूलाई यति धेरै हेला गर्दोरहेछ, सबै नेपालीहरू सिक्किम घुम्नु जाँदा एकपल्ट सोँचेर मात्र जानु होला“ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top