×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

एक वर्षमा १० लाख पर्यटक नेपाल आए

१६ पुष २०८०

१६ पुष, काठमाण्डौ ।

विदेशी पर्यटकको आगमनका दृष्टिले सन् २०२३ निकै उत्साहजनक भएको छ । गत वर्ष १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । डिसेम्बर महिनामा ९६ हजार ५६८ पर्यटक आएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार, गत वर्ष हवाई मार्ग हुँदै १० लाख १४ हजार ८ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

Advertisement
Advertisement

तीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक हुन् । एक वर्षमा ३ लाख १९ हजार ९३६ भारतीय नेपाल आएका छन् । हवाई मार्ग हुँदै नेपाल आएका पर्यटकमा भारतीय पर्यटकको हिस्सा ३१.५२ प्रतिशत हो । भारतपछि सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन् । १ लाख ३५७ अमेरिकीले नेपाल भ्रमण गरेको तथ्यांक छ ।

यस्तै नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ६० हजार ८७८ छ । गत वर्ष ५२ हजार ८६६ बेलायती, ३८ हजार ७९८ अष्ट्रेलियाली र २६ हजार ९८० जर्मन पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । थाइल्याण्ड, दक्षिण कोरिया, फ्रान्स, श्रीलंका, मलेसिया, जापान, क्यानडा, भियतनाम, इटली, म्यानमार, स्पेन रसिया र भुटान पनि १० हजार भन्दा धेरै पर्यटक नेपाल आउने देशको सूचीमा छन् ।

Advertisement

बोर्डले पर्यटकको संख्या १० लाख नाघ्नुलाई उत्साहजनक भनेको छ । बोर्डका निर्देशक मणि लामिछानेले यो वर्ष पर्यटकको संख्या अझै बढाउन आक्रामक रुपमा प्रचार प्रसार गर्ने बताए । गत वर्ष ६ लाख १५ हजार पर्यटक आएका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top