सर्वोच्चले माग्यो टोपबहादुरलाई थुनामा राख्ने आदेश

१५ पुस ८०, सोमबार

१६ पुष,विराटनगर ।

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र सरकार सचिव (निलम्बित) टेकनारायण पाण्डेको कैफियत माग गर्ने आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले थुनामा पठाउने निर्णय सदर गर्ने उच्च अदालतको आदेश र अन्य फाइल पेस गर्न आदेश गरेको हो।

नक्कली भुटानी शरणार्थी बनाउदै अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा जिल्ला र उच्च अदालतको आदेशले थुना पठाएपछि पूर्वमन्त्री रायमाझी र निलम्वित सचिव पाण्डे सर्वोच्च अदालत पुगेका थिए। यसअघि पूर्व सांसद आङटावा शेर्पा सर्वोच्च पुगेका थिए ।

Advertisement

सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरेसँगै धरौटी नमागी थुनामा पठाउने निर्णय अब सर्वोच्चले परीक्षण गर्ने भएको छ। जिल्ला अदालत काठमाडौंले सुरुमा थुनामा पठाएको थियो भने रायमाझी र पाण्डेको हकमा उच्चले पनि जिल्लाकै निर्णयलाई सदर गरेको थियो ।

रायमाझी र सचिव पाण्डेले आफूहरुलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गर्दै पुस १२ गते सर्वोच्चमा निवेदन दिएका थिए। उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश सदर गर्दै अभियुक्तमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो।

Advertisement

सोही प्रकरणमा परेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता वालकृष्ण खाणलाई भने धरौटीमा रिहा भएका छन्। उच्च अदालतले पनि थुनामै पठाएकामध्ये हालसम्म ३ जनाले निवेदन दिएका छन्। उनीहरुले जिल्ला अदालत काठमाडौं र उक्त आदेश सदर गर्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गरेका छन्।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले केही प्रतिवादीसँग धरौटी मागेको थियो भने अन्य ९ जनालाई थुनामै पठाएको थियो। उक्त इजलासले सोही अभियोगमा पक्राउ परेर थुनामा रहेका रायमाझीका छोरा सन्दीपलाई भने धरौटी माग गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top