×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

जापान भूकम्पः अहिलेसम्म कति क्षति भयो ?

१७ पुष २०८०

१७ पुष, एजेन्सी ।
जापानमा सोमबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि मृत्यु हुनेको संख्या कम्तीमा ३० पुगेको इशिकावा प्रान्तका अधिकारीहरुले मंगलबार बताएको सीएनएनले उल्लेख गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् । उक्त कार्यका लागि जापानको सुरक्षा फौज अर्थात् देशको सेना सरहको एसडीएफका करिब १ हजार सदस्य खटिएका छन् ।

Advertisement
Advertisement

किशिदाले भत्किएको सडकले त्यस क्षेत्रमा पहुँच बन्द गरेको भन्दै त्यसलाई तत्कालै खुलाइएको बताएका छन् । उद्धारकर्ताहरूदे भत्किएका भवनहरू मुनि फसेका मानिसहरूसम्म पुग्ने काम गरिरहेको उनले बताएका छन् । सोमबार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्प गएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोतो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमवारदेखि जापानमा १५५ पराकम्प गएका छन् । जसमा गएको २४ घण्टामा भूकम्पको केन्द्रविन्दु नजिकै २.५ म्याग्निच्युडभन्दा माथिका ३५ वटा पराकम्पन गएको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ ।

Advertisement
Advertisement

यसअघि भूकम्प आएसंगै सुनामीको चेतावनी दिइएको थियो । पछि त्यसलाई हटाइएको थियो । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले आवश्यक सहायता उपलब्ध गराउन अमेरिका तयारी अवस्थामा रहेको बताएका छन् । त्यस्तै ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकले पनि सोमवारको भूकम्पपछिका घटनाहरू नियालीरहेको भन्दै जापानलाई मद्दत गर्न युके तयार रहेको बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top