लालसागरमा इरानको इन्ट्रीः राख्यो युद्धपोत

१७ पुष,एजेन्सी ।

रेड सीमा युद्धको अवस्था सृजना भएको छ । यमनको हुथी समूहले अमेरिकी नौसैनिक सेनाले ‘रेड सी’मा आफ्ना १० लडाकु मारेको जनाएको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक व्यवसायिक जहाज अपहरण गर्न खोजिरहेका लडाकुलाई अमेरिकी नौसेनाले मारेको हुथीको दाबी छ ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले एक बयानमा अमेरिकी सेनाले हुथी विद्रोहीसँग सम्बन्धित तीन डुंगामा आक्रमण गरेको बताएका छन्। प्रवक्ताले अमेरिकाले यो अपराधको नतिजा भोग्ने चेतावनी दिएका छन् । यसबीच तनाव बढ्दै गएपछि इरानले पनि लालसागरमा युद्धपोत तैनाथ गरेको छ ।

Advertisement

इरानी राज्य मिडियाका अनुसार तेहरानले लालसागरमा युद्धपोत पठाएको छ र उसले लालसागर क्षेत्रमा द्रूत रूपमा सैन्यीकरण भइरहेकाले सो कदम चालेको हो । इरानी सेनाको आइरिस अलब्रोज ९४औँ नौसेना फ्लिटको एक हिस्सा लाल सागर पुग्नका लागि यमन नजिकै बाब अल मान्डेबस्ट्रेटको माध्यमबाट यात्रा सुरु गरेको छ ।

यो युद्धपोत मूलतः आधा शताब्दी अघि १९७९ को इरानी क्रान्ति अघि निर्माण गरिएको थियो । तर, अहिले यसलाई पुनर्संरचना गरेर थप आधुनिक बनाइएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यसमा इस्लामिक क्रान्तिकारी गार्ड कर्पोरेशनको नौ सैनिक बलबाट अलग नौ सैनिक बलमा पुनः सामेल हुन चार वर्ष पहिले नयाँ लडाईं प्रणालीहरू जडान गरिएको छ ।

Advertisement

उता इरानका सुरक्षा प्रमुख अली अकबर अहमदियानले हुथी बिद्रोहीका उच्च वार्ताकार मोहम्मद अब्दुलसलामसँग भेटवार्ता गरेपछि सरकारी सञ्चार माध्यमले यो खबर बाहिर ल्याएको हो । तर इरानी अधिकारी र हुथी बिद्रोही नेताका बीचमा यो भेट कहाँ वा कहिले भएको हो ? भन्ने अझै खुलाइएको छैन ।

इरानी मिडियाले अहमदियनलाई उद्धृत गर्दै भनेको छ कि प्यालेस्टिनीहरूलाई समर्थन गरेको र इजरायलको पक्षमा उभिएकोमा हुथीहरूको इरानले खुलेर प्रशंसा गरेको छ । हुथी बिद्रोहीले इजरायलसँग सबन्धित भएका कार्गाे पानीजहाजमाथि हमला गरेको भन्दै अमेरिकाको नेतृत्वमा युद्धपोत तैनाथ गराएपछि इरानले पनि युद्धपोत लालसागरमा उतारेको हो । अमेरिकाले विगतदेखि नै इरानले हुथीलाई सहयोग गरिरहेको बताउँदै आएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top