नेपाल क्रिकेटमा भारतीय चासो, भरपूर सहयोग गर्ने

१९ पुस ८०, शुक्रबार

२० पुष, काठमाण्डौ ।

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री एस जयशंकरले विश्वकप टि २० क्रिकेटको तयारीमा रहेको नेपाल क्रिकेट टिमलाई सहयोग गर्ने वचन दिएका छन् । जयशंकरले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जयशंकरले एक्स पूर्व ट्विटरमा ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन् । नेपाली भाषामै उनले लेखेका छन्, नेपाली क्रिकेट टोलीका सदस्यहरू र क्रिकेट नेपालसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लाग्यो।

टी–२० विश्वकपमा छनोट भएकोमा वहाँहरुलाई हार्दिक बधाई दिदै वहाँहरुको विश्वकप तयारीका लागि भारतको सहयोग रहने विश्वास दिलाएँ । नेपालमा क्रिकेटको विकास लागि भारतको सदैव साथ रहने प्रतिवद्धता जनाएँ ।

नेपाल भ्रमणका क्रममा जयशंकरले बिहीबार साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का क्रिकेट टोलीका कप्तान रोहित पौडेल सहित क्यानका पदाधिकारी र खेलाडीसँग जयशङ्करले भेट गरेका थिए ।

उक्त भेटलाई लिएर क्यानका सचिव खड्काले खुसी व्यक्त गरेका छन् ।नेपाल गत कात्तिकमा यूएईविरुद्धको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको थियो ।

नेपालले दशकपछि ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो । एक दशकपछि नेपालले खेल्ने विश्वकपको पूर्वसन्ध्यामा जयशङ्करले क्रिकेट टोलीलाई सहयोग गर्ने बताएका हुन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top