दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने

२३ पुष,एजेन्सी ।
कोरियाले कुकुरको मासुमा किन लगायो प्रतिबन्ध ?

वर्षाैदेखि कुकुरको मासु खाने दक्षिण कोरियामा कुकुरको मासु व्यवसायमा पूर्ण प्रतिबन्ध लगाइएको छ । शताब्दीदेखि नै चल्दै आइरहेको कुकुरको मासु खाने चलनलाई रोक्ने गरी कानुनमार्फत मासुको व्यवसायमा कोरियाली सरकारले प्रतिबन्ध लगाएको हो । पछिल्लो समय कुकुरको मासु खाने चलन प्रति दक्षिण कोरियाली युवाहरु सकारात्मक देखिएका छैनन् ।

नयाँ कानुन अनुसार सन् २०२७ सम्ममा व्यावसायिक प्रयोजनका लागि कुकुरलाई मार्ने वा मासु बेच्नेलाई पूर्ण प्रतिबन्ध लगाइनेछ । कानुन उल्लंघन गर्नेलाई जेल सजायको व्यवस्था गरिएको छ । व्यवसायिक प्रयोजनका लागि कुकुर मार्नेलाई ३ वर्षसम्म जेल सजाय हुन सक्छ । मासुकै लागि कुकुर पाल्ने र बेच्नेलाई दुई वर्षसम्म जेल सजाय हुनेछ ।

यद्यपि, कुकुरको मासु उपभोग गर्नुलाई गैरकानुनी भने बनाइनेछैन् । ३ वर्षको समय दिएर यो कानुन लागू हुनेछ । यो समयमा कुकुरको मासुलाई आधार बनाएर किसानी र रष्टुरेन्ट व्यवसाय संचालन गरिरहेकाहरुले विकल्प सोच्नुपर्ने हुन्छ । कुकुरको मासु बेच्ने व्यवसाय बन्द गर्ने योजनाबारे उनीहरुले स्थानीय अधिकारीसमक्ष प्रतिवेदन दिनुपर्नेछ ।

दक्षिण कोरियाली सरकारले व्यवसायिक रुपमा कुकुर पालन र मासुको बिक्रीमा प्रतिबन्धबाट प्रभावित हुने किसान, रेष्टुरेन्ट र व्यवसायीहरुलाई क्षतिपूर्ति दिएर पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारी तथ्यांक अनुसार दक्षिण कोरियामा १ हजार ६०० रेष्टुरेन्टमा कुकुरको मासु बेच्ने गरिएको छ ।

यस्तै, सन् २०२३ सम्म १ हजार १५० कुकुर फार्म छन् । यसअघि कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै कृषकले आन्दोलन गरेका थिए । उनीहरुले सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने चेतावनी दिएका थिए ।

दक्षिण कोरियामा कुकुरको मासु खाने चलन सय वर्ष पुरानो हो । सन् २०२३ मा ह्युमन सोसाइटी इन्टरनेशनल नामक संस्थाले गरेको सर्वेक्षणले ८६ प्रतिशत दक्षिण कोरियालीले कुकुरको मासु खाने देखाएको थियो । तीमध्ये ५७ प्रतिशत कुकुरको मासु प्रतिबन्धको पक्षमा थिए ।

चीनको शेन्जेन शहरमा कुकुर र बिरालोको मासु खान रोक लगाइएको छ । यस्तो प्रतिबन्ध लागू गर्ने चीनको यो पहिलो शहर हो । विश्वमा कुकुरको मासु खाने प्रमुख देशहरुमा चीन, नाइजेरिया, भियतनाम, दक्षिण कोरिया र इन्डोनेसिया रहेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top