मनिष बने गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली

२५ पुस ८०, बिहीबार

 २६ पुष,विराटनगर ।
नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् । मनिषले मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स प्राप्त गरेका हुन् ।

Advertisement

तिम्सिनाले यो आफ्नो करियरको भर्खर सुरुआत भएको बताउदै आफू व्यावसायिक जीवनमा प्रवेश गरेको अनुभूति भएको बताएका छन् । मनिष तीन वर्षदेखि आईलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक छन् । उनी हाल कलिंगा सुपर कपका लागि आफ्नो टोलीसँग ओडिशामा छन् ।

Advertisement

आई लिगमा आवद्ध हुने उनी पहिलो नेपाली प्रशिक्षक समेत हुन् । उनले आई लिग उपाधि पनि जितेका छन् । मनिषले गत सिजन शही स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबको गोलकिपर प्रशिक्षकका रूपमा काम गरेका थिए ।

Advertisement

विराटनगर निवासी मनिषले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसीटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेलिसकेका छन् ।मनिषले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।

उनले नेपाली यु–१५ राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् । यो लाइसेन्ससँगै तिम्सिनाले एशियाका ठूला लिग र ठूला टोलीमा काम गर्ने लक्ष्य राखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top