×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

चाकु बनाउन टोखाका उद्यमीलाई भ्याइनभ्याइ

२८ पुष २०८०

२८ पुष, काठमाण्डौ ।
माघे सङ्क्रान्तिका लागि चाकुको माग बढेको छ । माग धेरै हुँदा उद्यमीलाई चाकु बनाउन चटारो छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । त्यसैले यो बेला चाकुको खपत पनि धेरै हुन्छ । खपत निक्कै हुने भएकाले यतिबेला काठमाण्डौको टोखाका चाकु उद्यमीलाई भ्याइनभ्याइ छ ।

टोखामा १५÷१६ वटा चाकु उद्योग सञ्चालनमा छन् । उनीहरुले माघे सङ्क्रान्तिका लागि मङ्सिरदेखि नै चाकु बनाउन थालेका हुन् । चाकु उद्यमी सन्तमाया श्रेष्ठका अनुसार विगतका वर्षहरुमा भन्दा यो वर्ष चाकुको व्यापार राम्रो छ । माग धान्न मुश्किल परेको उनी बताउँछिन् ।

Advertisement
Advertisement

सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि बन्ने चाकु माघे सङ्क्रान्तिमा परिकारको रुपमा खाने गरिन्छ । अरु बेला पनि चाकु बनाउने गरेको तर माघे सङ्क्रान्ति नजिकिएसँगै माग उच्च हुने गरेको टोखा चाकु संरक्षण समितिका उपाध्यक्ष बुद्ध श्रेष्ठले बताए ।

चाकु उपत्यकाभित्र र बाहिर खपत हुने गरेको छ । उद्यमीका अनुसार पछिल्लो समय अमेरिका, युरोप, अष्ट्रेलिया र चीनलगायतका देशमा समेत चाकु जाने गरेको छ । उपाध्यक्ष श्रेष्ठका अनुसार अहिले चाकुको माग धेरै तर सीमित उद्यमी भएकाले भ्याइनभ्याइ छ ।

उनका अनुसार विगतमा चाकु परम्परागत रुपमा नै बनाउने गरिएको भए पनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको छ । तर चाकुको गुणस्तर मापदण्ड सबै पूरा गर्न नसक्दा विदेशमा निर्यात गर्न केही समस्या हुँदै आएको उद्यमी सन्तमाया श्रेष्ठले बताए ।

त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकु उत्पादनको काम गरेको चार पुस्ता भएको र अहिलेसम्म टोखाको चाकु बिक्री नभएको भन्ने अवस्था नरहेको बताए । पोषणविद्का अनुसार चाकुले शरीरलाई ताप र शक्ति दिने तथा सुत्केरीले पनि खान मिल्ने भएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

माघे सङ्क्रान्तिमा घिउ र चाकुको परिकार खाने चलन छ । माघ एक गतेमात्र नभएर जाडोमा अरु बेला पनि चाकु खान सकिने पोषणविद् डा. अरुणा उप्रेतीले बताइन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top