Nepal Times
Nepal Times
3
Shares

प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा पनि सबै बाँचे

प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा पनि सबै बाँचे

२८ पुष, एजेन्सी ।

अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन् । अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर अघिल्लो राति दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको हो ।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए, जो चमत्कारी ढंगले बाँचेका छन् । अमेरिकी नौसेना कमाण्डरले भने कि एमएच–६० आर हेलिकप्टर साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो । हेलिकप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो ।

सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरू घाइते भएको तर अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताए । यस सम्बन्धमा अहिलेसम्म थप जानकारी दिइएको छैन । घटनास्थलमा अमेरिकी कोस्ट गार्डका कर्मचारीहरू उपस्थित छन् ।

विभागले अहिले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । उनले हेलिकप्टरमा सवार सबै यात्रु सकुशल भागेको र कसैको पनि मृत्यु नभएको बताए । यसअघि नोभेम्बरमा पनि प्रशिक्षण अभ्यासका क्रममा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.