×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

भएभरका अवार्ड मेसीलाई ,फेरि बने फिफा ‘द बेस्ट’

२ माघ २०८०

२ माघ, एजेन्सी ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड अर्जेन्टिनाका कप्तान लियोनल मेसीले जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि तेस्रो पटक जितेर कीर्तिमान कायम गरेका छन् ।

यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका आधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए । युरोप बाहिरको लिग खेल्ने खेलाडीले यो अवार्ड जितेको पहिलोपल्ट हो ।

Advertisement
Advertisement

मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा क्लब इन्टर मियामीबाट खेल्ने खेलाडी हुन् । यसअघि, युरोपबाट खेल्दा पनि मेसीले यो अवार्ड सन् २०१९ र २०२२ मा जितेका थिए । म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन वर्षको उत्कृष्ट गोलकिपर चुनिएका छन् । उनले रियाल मड्रिडका थिबाउट कोर्टुवा र अल हिलालका यासिन बोनोउलाई पछि पारे ।

पुरुष वर्ष प्रशिक्षक सिटीकै पेप ग्वार्डिओला चुनिएका छन् । सिटीले गत सिजन प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप गरि तेहेरो उपाधि जितेको थियो । यस्तै ब्राजिलले ‘फेयर प्ले’ अवार्ड जितेको छ । महिलातर्फ स्पेनकी आइताना बोनमटी वर्ष खेलाडी घोषित भइन् ।

गत वर्ष स्पेनले फिफा महिला विश्वकपको उपाधि र बार्सिलोनाले महिला च्याम्पियन्स लिगसँगै ला लिगा जित्दा उनी टिमकी महत्त्वपूर्ण सदस्य थिइन् । महिला वर्ष प्रशिक्षकको अवार्ड इंग्ल्यान्डकी सरिना वेग्मनले जितिन् । उनी चौथोपटक फिफाको वर्ष प्रशिक्षक चुनिएकी हुन् ।

तेस्रो पटक फिफा द वेस्ट अवार्ड जितेका मेसी मेजर लिग सकर (एमएलएस) क्लब मायमीमा आबद्ध हुनुअघि पिएसजीमा थिए । पिएसजीबाट ९ गोल गर्दै फ्रेन्च लिग वान उपाधि जितेका मेसीले मायमीबाट १० गोल गर्दै लिग कप उपाधि उचालेका थिए ।

Advertisement
Advertisement

मेसी बालन डि’ओर का कीर्तिमानी ८ पटकका विजेता हुन् । राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा अवार्डको विजेता घोषणा गरिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top